
३ कात्तिक, काठमाडौं । गत २३ र २४ भदौमा भएको जेनजी प्रदर्शनको घटना बुझ्न भन्दै केही सैनिक अधिकारीहरूलाई सैनिक मुख्यालय जंगी अड्डा झिकाइएको छ ।
जेनजी आन्दोलनमा भएको प्रदर्शन घटना बुझ्न सैनिक अधिकृतलाई बोलाइएको सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतले पुष्टि गरे । ‘प्रदर्शनमा भएका गतिविधि बुझ्न केही सैनिक अधिकृतहरूलाई बोलाइएको हो । उनीहरूसँग त्यस ठाउँका घटनाका बारेमा बुझ्ने काम भइरहेको छ,’ सहायक रथी बस्नेतले अनलाइनखबरसँग भने ।
सैनिक स्रोतका अनुसार त्यतिबेला केही विधवश् भएको ठाउँहरूको केही सैनिक अधिकृतलाई बोलाइएको हो । सेनाले यसरी जिंगी अड्डा झिकाइएका सैनिक अधिकारीको नाम र संख्याबारे केही पनि खुलाएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4