
४ कात्तिक, काभ्रेपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका-६ पानीटंकीमा श्रीमतीको ढुङ्गा प्रहारबाट श्रीमानको मृत्यु भएको छ ।
वर्ष ५५ को बुद्धसिं वाइबालाई घरायसी बिबादको कारण श्रीमती वर्ष ४८ की राधिका वाइबाले यही कात्तिक १ गते ढुंगाले टाउकोमा प्रहार गरी घाइते गराएकोमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
ढुंगाले टाउकोमा प्रहार गरी घाइते भएका बुद्धसिंको सिन्धुली अस्पताल तथा थप उपचारको लागि सोही दिन बाँसबारी न्युरो अस्पतालमा लगिएको थियो । अस्पतालबाट चिकित्सकले थप उपचार नहुने भनी उनलाई घर फिर्ता पठाएका थिए । घर फिर्ता भएपछि सिराहाको कर्जन्हा नगरपालिका-५ स्थित ससुरालीमा राखिएको थियो ।
ढुंगा प्रहार गर्ने श्रीमतीलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4