+

इंग्ल्यान्डका मलानले चितवनबाट एनपीएल खेल्ने

२०८२ कात्तिक  ४ गते १३:३७ २०८२ कात्तिक ४ गते १३:३७
इंग्ल्यान्डका मलानले चितवनबाट एनपीएल खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्डका ब्याटर डाविड मलानले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका छन्।
  • चितवन राइनोजले मलानलाई अनुबन्ध गरेको र मंसिर १ गतेदेखि एनपीएल दोस्रो संस्करण सुरु हुने जनाएको छ।
  • चितवनले कप्तान कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी र अन्य खेलाडीलाई रिटेन गरेको छ।

४ कात्तिक, काठमाडौं । इंग्ल्यान्डका ब्याटर डाविड मलानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा चितवन राइनोजबाट खेल्ने भएका छन् ।

चितवनले मंगलबार सामाजिक सञ्जालमा पोस्ट राखेर मलानलाई अनुबन्ध गरेको जनाएको हो । ३८ वर्षीय बाँयाहाते ब्याटर मलानले इंग्ल्यान्डको राष्ट्रिय टोलीबाट ६२ खेलमा १ शतक र १६ अर्धशतकसहित १८९२ रन बनाएका छन् ।

इंग्ल्यान्डले सन् २०२२ मा टी-२० विश्वकपको उपाधि जित्दा मलान टोलीको सदस्य थिए । मलानले सन् २०२३ मा एकदिवसीय विश्वकप पनि खेलेका थिए ।

उनले समग्र टी-२०मा ३८४ खेल खेल्दा ५ शतक र ७२ अर्धशतकसहित १० हजारभन्दा बढी रन बनाएका छन् ।

पहिलो संस्करणको एलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएर चौथो भएको चितवन राइनोजले मार्की खेलाडी तथा कप्तान रहेका कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला र गौतम केसीलाई दोस्रो संस्करणका लागि रिटेन गरेको थियो ।

अक्सनमा सबैभन्दा धेरै पर्स रकम रहेको चितवनले देव खनाल, अर्जुन साउद अनुबन्ध गर्दा बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमारलाई विशलिस्टबाट अनुबन्ध गरेको थियो ।

एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म हुँदै छ ।

चितवन राइनोज डाविड मलान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय