+
+
Shares

सर्वदलीय बैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी हुने

दुवै जना पर्यवेक्षकको रूपमा सहभागी हुन लागेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ४ गते १६:१७
दायाँबाट केदाभक्त माथेमा र विद्याधर मल्लिक।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री सुशीला कार्कीले ४ कात्तिकमा बालुवाटारमा सर्वदलीय बैठक बोलाएकी छन्।
  • केदारभक्त माथेमा र विद्याधर मल्लिक पर्यवेक्षकको रुपमा बैठकमा सहभागी हुने भएका छन्।
  • बैठकमा आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभाको चुनाव र चुनावी सुरक्षाबारे छलफल हुनेछ।

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा केदारभक्त माथेमा र विद्याधर मल्लिक पनि सहभागी हुने भएका छन् ।

दुवै जना पर्यवेक्षकको रूपमा सहभागी हुन लागेको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कार्कीले आज बालुवाटारमा राजनीतिक दलहरूसँग आगामी चुनावबारे छलफल गर्दैछिन् ।

आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाका चुनावको मिति तोकिएको छ ।

चुनावी सुरक्षाको विषयलाई लिएर राजनीतिक दलहरूले संशय व्यक्त गरिरहेका बेला प्रधानमन्त्री कार्कीले दलहरूसँग संवाद गर्न लागेकी हुन् ।

छलफल प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?