+
+
Shares

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुने दलको संख्या १० पुग्यो

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा हुने छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपाका प्रतिनिधिहरू सहभागी हुँदैछन् । राप्रपा, जसपा नेपाल र जनमत पार्टीका नेता जाँदैछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ४ गते १६:१६
। प्रधानमन्त्री सुशीला कार्की

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा १० राजनीतिक दलका प्रतिनिधिहरू सहभागी हुँदैछन्।
  • बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपाका साथै राप्रपा, जसपा नेपाल र जनमत पार्टीका नेता सहभागी छन्।
  • लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिहरू पनि बैठकमा सहभागी हुने भएका छन्।

४ कात्तिक, काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुने दलको संख्या १० पुगेको छ ।

यसअघि सात राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्ने भनिएकोमा थप तीन दलका प्रतिनििध समेत सहभागी हुने भएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा हुने छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, रास्वपाका प्रतिनिधिहरू सहभागी हुँदैछन् । राप्रपा, जसपा नेपाल र जनमत पार्टीका नेता जाँदैछन् ।

यसका अलावा लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्वेन्द्रनाथ शुक्ल, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी, नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी हुने भएका हुन् । जनमतका नेता चन्दन सिंह समेत सहभागी हुने तय भएको छ ।

कांग्रेसबाट गगन थापा र प्रकाशशरण महत, एमालेबाट शंकर पोखरेल र प्रदीपकुमार ज्ञवाली, माओवादी केन्द्रबाट वर्षमान पुन र पम्फा भुसाल सहभागी हुँदैछन् ।

रास्वपाबाट स्वर्णिम वाग्ले र सोविता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र मोहन श्रेष्ठ, जसपा नेपालबाट उपेन्द्र यादव र प्रकाश अधिकारी सहभागी हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?