+
+
Shares

गृहमन्त्रीले मसँग गम्भीर दुस्मनी लिन खोजे : ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ५ गते १४:१९

५ कात्तिक, काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुस्मनी लिइरहेको आरोप लगाएका छन् ।

बुधबार जेनजी प्रदर्शनकारीहरूको आगजनी, तोडफोड र लुटपाटमा परी ध्वस्त बनाइएको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

सरकारले आन्दोलन क्रममा आपराधिक कार्यमा संलग्नलाई कारबाही नगरेर मुलुकमा अर्को आन्दोलनको बिजारोपण गरिरहेको उनको आरोप छ ।

‘सरकारको मनसाय के छ भन्ने कुरा गृहमन्त्रलीले हिजो टेलिभिजनमा दिएको अन्तर्वार्तामा बोलेको कुरामा देखिन्छ, दु:ख परेकामाथि उहाँको दुस्मनी देखिन्छ,’ अध्यक्ष ओलीले भने, ‘त्यसमा पनि मसँग गृहमन्त्रीको गम्भीर दुस्मनी छ, सरकारले अझै केही गरिरहेको भन्ने गम्भीर आशंका छ, जेनजी आन्दोलनकारीबाट आफैंमाथि  दबाब बढाएर केहीलाई पक्राउ गर्न सरकार उद्दत छ ।’

उनले सरकारले आन्दोलनका पीडितहरूलाई न्याय दिलाउनुको सट्टा दुस्मनी साँधिरहेको आरोप लगाए ।

सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्नुमा नरहेको उनको जिकिर छ ।

‘आन्दोलनको क्रममा  लुटपाट गर्नेहरू वरपरकै थिए, सरकारले पक्राउ गर्ने कुरै छैन, यस्तो आपराधिक क्रियाकलपमा सलंग्नहरू विदेशका नभई यहीँ वरपरका थिए,’ ओलीले भने, ‘अहिले पक्राउ गर्न सरकार तयार छैन, झन् पक्राउ परेकाहरुलाई पनि छाडिरहेको छ, उनीहरू कालान्तरसम्म पक्राउ होलान्, सरकारको ध्यान भ्रष्टाचार नियन्त्रणमा छैन ।’

जेनजी पुस्ताका अगुवाहरूमार्फत आफैंमाथि दबाब बढाएर आफूसहितका नेताहरूलाई पक्राउ गर्ने मनसाय सरकारमा रहेको उनको आशंका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?