News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा पाँच सय विदेशी नागरिकले नेपालमा श्रमिक स्वीकृति लिएका छन्।
- आर्थिक वर्ष २०८१/८२ मा ८९२ विदेशीले नयाँ श्रम स्वीकृति लिएका थिए भने १ हजार ६६७ ले नवीकरण गरेका थिए।
- चिनियाँ नागरिकको संख्या सबैभन्दा बढी छ र उनीहरू मुख्य रूपमा सडक, जलविद्युत र विमानस्थल निर्माणमा कार्यरत छन्।
५ कात्तिक, काठमाडौं । विदेशबाट नेपालमा काम गर्ने प्रयोजनका लागि चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा ५ सय विदेशीले श्रम स्वीकृति लिएका छन्।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांक अनुसार असोज मसान्तसम्म याे संख्यामा गैरनेपाली नागरिकले नयाँ श्रम स्वीकृति तथा नवीकरण लिएका हुन् ।
असोज महिनासम्म १ सय ६५ विदेशीले नयाँ श्रम स्वीकृति लिएका छन् । असोजमा मात्र २८ विदेशीले श्रम स्वीकृति लिएको तथ्यांक छ । यस अवधिसम्म ३ सय ३५ गैरनेपाली नागरिकको श्रम स्वीकृति नवीकरण गरिएको छ ।
आव २०८१/८२ को एक वर्षको अवधिमा भने ८ सय ९२ विदेशीले नयाँ श्रम स्वीकृति लिएका थिए ।
विभागका अनुसार उक्त आवमा १ हजार ६ सय ६७ विदेशीको श्रम स्वीकृति नवीकरण भएको तथ्यांक छ ।
नेपालमा निर्माण क्षेत्रको जिम्मा लिएका विदेशी निर्माण कम्पनीहरूमा आउने उच्च दक्ष तथा दक्ष प्राविधिकहरूले यस्तो श्रम स्वीकृति लिने गरेको पाइन्छ ।

विभागका अनुसार यसरी श्रम स्वीकृति लिनेमा चिनियाँको संख्या अधिक देखिन्छ । नेपालको सडक, जलविद्युत्, विमानस्थल सहित ठूला पूर्वाधार निर्माणमा अहिले चिनियाँ निर्माण कम्पनीको बाहुल्य देखिन्छ ।
विभागले विभिन्न प्रतिष्ठानमा काम गर्ने विदेशी श्रमिकले श्रम स्वीकृति लिए/नलिएको बारे पाँच वटा अनुगमन तीन महिना अवधिमा गरेको पाइएको छ । गत आव यस्तो अनुगमन ३७ वटा गरिएको थियो ।
विभागबाट विदेश जाने नेपालीले लिएको श्रम स्वीकृति संख्या भने तीन महिनामा ४२ हजार ४ सय ६८ पुगेको छ । असोजमा मात्र १५ हजार ८ सय ५ श्रम स्वीकृति प्रदान गरिएको विभागले जनाएको छ ।
पछिल्लो ५ वर्षमा विदेशीले लिएको श्रम स्वीकृति (नयाँ र नवीकरण)
आव २०७७/७८ : २३९०
आव २०७८/७९ : २४८५
आव २०७९/८० : २९९७
आव २०८०/८१ : २७०७
आव २०८१/८२ : २५५९
विभागका अनुसार २०८०/८१ मा जारी भएका कुल २ हजार ७ सय ७ श्रम स्वीकृतिमध्ये चिनियाँमात्र १ हजार ९ सय ९ थिए। त्यसबेला कुल ७२ मुलुकका नागरिकले नेपालमा श्रम स्वीकृति लिएर काम गरेको देखिएको छ । उक्त आवमा नेपालका ३ सय ३३ कम्पनीमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी कार्यरत रहेको तथ्यांक छ।
प्रतिक्रिया 4