
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कलाकारहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग वालुवाटारमा भेट गरी समसामयिक विषयमा कुराकानी गरेका छन्।
- कलाकारहरूले प्रधानमन्त्री कार्कीलाई भ्रष्टाचार मुद्दा हेर्न र मन्त्रिपरिषद्लाई पुर्णता दिन सुझाव दिएका छन्।
- कलाकारहरूले सरकारलाई सकारात्मक कार्यमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै कलामार्फत सन्देश पुर्याउने बताएका छन्।
५ कात्तिक, काठमाडौं। नेपाली कलाकारहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् ।
प्रधनमन्त्री निवास वालुवाटारमा भएको भेटमा कलाकारहरू विजय बराल, ऋचा शर्मा, विपिन कार्की, निश्चल बस्नेत, संगीतकार कालिप्रसाद बाँस्कोटा, कर्मालगायत सहभागी थिए। भेटमा समसामयिक विषयमा कुराकानी भएको कलाकार बरालले जानकारी दिए ।
भेटमा प्रधानमन्त्री कार्कीले के-कस्ता सुझाव छन् भनेर सोधेकी थिइन्। कलाकारहरूले ‘अथेन्टिक अपडेट दिनुहोला । तथ्य सूचनाले सारा नेपालीले सकारात्मक सन्देश पाउँछन्’ भनेका छन् ।
‘भ्रष्टाचारहरूको मुद्दा हेर्दै जानुपर्ने होला। चुनावमा जानुपर्ने हुन्छ। मन्त्रिपरिषद्लाई पनि पुर्णता दिनुपर्नेछ । फ्रेस भएर काम गर्नुहोला।’ प्रधानमन्त्री कार्कीलाई दिएको सुझावबारे बरालले जानकारी दिए।
उनका अनुसार सरकारलाई सकारात्मक कार्यमा सहयोग गर्ने प्रतिवद्धता कलाकारहरूको छ ।
‘सकारात्मक कुराका लागि हामी पनि सहयोग गर्न तयार छौं’ बरालले प्रधानमन्त्री समक्ष राखेको सुझाव उद्धृत गर्दै भने, ‘गाह्रो-साह्रो परे आफ्नै सम्झनुहोला र भन्नुहोला । हामीले तपाईंहरुले भन्नुभएको, गर्नुभएको सकारात्मक कुराहरू कलामार्फत जनतामा पुर्याउन भूमिका खेल्न सक्छौं।’
कलाकारहरूले जति सक्दो छिटो मन्त्रिपरिषदलाई पुर्णता दिँदा राम्रो हुने सुझाव समेत राखेका छन्।
प्रधानमन्त्री कार्कीसँग कलाकारहरूको भेटमा गृहमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए।
प्रतिक्रिया 4