
News Summary
Generated by OK AI. Editorially reviewed.- इजराइली संसद्ले वेस्ट बैंक कब्जा गर्ने विधेयकलाई २५-२४ मतले अनुमोदन गरेको छ।
- प्रधानमन्त्री नेतन्याहूले विधेयकको विरोध गरेका थिए किनभने यसले राष्ट्रपति ट्रम्पसँगको सम्बन्ध बिग्रन सक्छ।
- यो विधेयक दक्षिणपन्थी नोआम पार्टीका नेता अवी माओजद्वारा प्रस्तुत गरिएको थियो।
६ कात्तिक, काठमाडौं । इजराइलले गाजापछि अब वेस्ट बैंक माथि कब्जा गर्ने भएको छ। इजराइली संसद्ले वेस्ट बैंक कब्जा गर्नका लागि एउटा विधेयकलाई अनुमोदन गरेको छ।
इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र उनको लिकुड पार्टी को विरोधका बाबजुद, संसद्का १२० सांसदमध्ये २५-२४ को झिनो अन्तरले यो विधेयकलाई अगाडि बढाउने निर्णय गरिएको हो।
यो विधेयक दक्षिणपन्थी नोआम पार्टीका नेता अवी माओजद्वारा प्रस्तुत गरिएको थियो। नेतान्याहूको गठबन्धनका केही सदस्यहरू, जस्तै राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन-ग्विइर र अर्थमन्त्री बेजालेल स्मोट्रिचले विधेयकको पक्षमा मतदान गरे।
रिपोर्टअनुसार नेतान्याहू यस निर्णयको विरोधमा थिए किनभने यो विधेयक अहिले नै पारित भएमा राष्ट्रपति ट्रम्पसँगको सम्बन्ध बिग्रन सक्छ भन्ने उनलाई डर थियो। ट्रम्पले हालसालै इजराइललाई वेस्ट बैंक कब्जा गर्ने अनुमति नदिइने बताएका थिए।
प्रतिक्रिया 4