+

काभा कप पुरुष भलिबल : रोमाञ्चक खेलमा नेपाल बंगलादेशसँग पराजित

२०८२ कात्तिक  ६ गते १९:१७ २०८२ कात्तिक ६ गते १९:१७
काभा कप पुरुष भलिबल : रोमाञ्चक खेलमा नेपाल बंगलादेशसँग पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले बंगलादेशसँग काभा कप पुरुष भलिबलको दोस्रो खेलमा ३-२ को सेटमा पराजित भयो।
  • पाँचौं सेटमा नेपालले १४-१३ को अग्रता बनाएको थियो तर अन्त्यमा बंगलादेशले १६-१४ ले खेल जित्यो।
  • तुर्कमेनिस्तानले लगातार दुई खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा पुगेको छ।

६ कात्तिक, काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको काभा कप पुरुष भलिबल (काभा कप फर मेन) को आफ्नो दोस्रो खेलमा घरेलु टोलीसँग पराजित भएको छ ।

ढाकास्थित इन्डोर हलमा बिहीबार भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा नेपाल बंगलादेशसँग ३-२ को सेटमा पराजित भयो ।

सुरुवाती तीन सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । जहाँ घरेलु टोली बंगलादेशले पहिलो सेट २५-२३ र दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्दै २-० को अग्रता बनाएको थियो । तर नेपाल खेलमा फर्कियो । प्रतिस्पर्धात्मक तेस्रो सेट नेपाल २५-२३ ले आफ्नो पक्षमा पार्दै पुनरागमन गरेको थियो ।

त्यसपछि नेपालले चौथो सेट २५-१६ ले सहजै आफ्नो पक्षमा पार्दै खेल पाँचौ सेटसम्म पुर्‍यायो ।

पाँचौ तथा निर्णायक सेटमा बंगलादेशले सुरुवात देखि नै अग्रता बनाएको थियो ।  नेपालले पुनरागमन गर्दै अन्त्यतिर अग्रता पनि बनाएको थियो । १४-१३ को अवस्थामा नेपाल सेट प्वाइन्ट नजिक थियो । तर एक अंक जोड्न सकेन । बंगलादेशले लगातार तीन अंक जोडेर टाईब्रेकमा पाँचौ सेट १६-१४ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो ।

बंगलादेशले लगातार दुई खेल जित्दै ५ अंक जोडेको छ । लगातार दुई खेलमा पराजित भएपनि नेपालले १ अंक जोडेको छ ।

आजै भएको खेलमा तुर्कमेनिस्तानले श्रीलंकालाई तथा अफगानिस्तानले माल्दिभ्सलाई पराजित गरेको छ ।

तुर्कमेनिस्तान लगातार दुई खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा छ ।

काभा पुरुष कप भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय