+
+
Shares

दरबारमार्गबाट लुटिएको गोलीसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ८ गते ७:४५

८ कात्तिक, काठमाडौं । जेनजी आन्दोनलका क्रममा दरबारमार्गबाट लुटिएको गोलीसहित दुई जना पक्राउ परेका छन् ।

बर्दियाको बढैयाताल गाउँपालिका-३ घर भई काठमौंको कपनमा बस्दै आएका १७ वर्षीय अनिश गिरी र झापा झिलझिले घर भई काठमाडौंको मालिगाउँ आनन्द भैरव मार्ग बस्ने १६ वर्षीय सोनम थापामगर पक्राउ परेका हुन् ।

प्रहरी प्रभाग कोटेश्वरको टोलीले शुक्रबार राति नरेफाँटमा चेकजाँच गर्ने क्रममा शंकास्पद अवस्थामा गिरीलाई नियन्त्रणमा लिएको थियो । थप अनुसन्धानका क्रममा उनको साथमा प्रहरी वृत्त दरबारमार्गबाट लुटिएको ३ थान गोली फेला परेको थियो ।

गिरीकै बयानका आधारमा झापाका थापामगरसँग पनि गोली रहेको खुलेको थियो । उनको कोठाबाट ३११ २३ लेखिएको पेस्तोलको २ थान गोली फेला परेको छ ।

उनीहरु दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?