मेटा स्वामित्वको मेसेजिंग प्लाटफर्म ह्वाट्सएप विश्वभर लोकप्रिय प्लाटफर्मको रुपमा रहेको छ । यसमा विभिन्न प्रयोगकर्तामैत्री तथा सुरक्षित फिचरहरू उपलब्ध छन् । यसमध्ये एउटा फिचर हो Delete for Everyone । यो फिचरको मद्दतबाट तपाईंले आफूले कसैलाई पठाएका मेसेजहरू सबै र सधैँका लागि डिलिट गर्न सक्नुहुन्छ । अर्थात् यसरी डिलिट गरेका मेसेजहरू प्रापकले समेत हेर्न पाउँदैन ।
उसो त यो फिचर निकै उपयोगी छ, तर कतिपय प्रयोगकर्ताहरू त्यसरी प्रेषकले डिलिट गरेका ह्वाट्सएप मेसेजहरू पुन: पढ्नमा रुचि राख्दछन् । त्यसैले यदि तपाईं पनि आफूलाई कसैले पठाएका तर पठाउनेले Delete for Everyone को प्रयोग गरी डिलिट गरिसकेका ह्वाट्सएप मेसेजहरू पढ्न चाहनुहुन्छ भने त्यसका लागि तपाईंले फोनको सेटिंगमा केही परिवर्तन गरेर त्यो चाहना पूरा गर्न सक्नुहुन्छ ।
यसका लागि सबैभन्दा पहिले तपाईंले आफ्नो फोनमा ह्वाट्सएप्को नोटिफिकेसन अन गर्नुपर्ने हुन्छ । त्यसपछि फोनको सेटिङमा जानुहोस् । त्यहाँ तपाईंले नोटिफिकेसनको अप्सन देख्नुहुन्छ । त्यसमा क्लिक गरेर More अप्सनमा जानुहोस् ।
त्यसभित्र Notification History को अप्सन देखिनेछ । उक्त अप्सनलाई पनि खुल्ला गर्नुहोस् । त्यसपछि तपाईंको फोनमा आउने हरेक नोटिफिकेसनको हिस्ट्री २४ घण्टासम्म संग्रहित हुनेछ ।
यसो गरिसकेपछि तपाईको फोनमा ह्वाट्सएपमा आउने हरेक मेसेज नोटिफिकेसनको रुपमा सुरक्षित रहनेछ र तपाईंले त्यसलाई २४ घण्टासम्म फोनको हिस्ट्रीबाट हेर्न सक्नुहुन्छ । त्यहीँ ह्वाट्सएप मेसेज नोटिफिकेसनको रूपमा सेभ भएको हुन्छ । त्यसैले मेसज पठाउनेले त्यो मेसेज डिलिट गरेपनि कुनै फरक पर्दैन । किनकि तपाईंले उक्त मेसेज हेर्नका लागि ह्वाट्सएप भित्र जानै पर्दैन ।
यद्यपि नोटिफिकेसन हिस्ट्रीमा फोटो, भिडियो वा कुनै लिंक भने सेभ हुँदैन । त्यसैले ह्वाट्सएपमा पठाएका फोटो तथा भिडियोहरू प्रेषकले सबैका लागि डिलिट गरिसकेपछि त्यसलाई नोटिफिकेसन हिस्ट्रीबाट हेर्न सम्भव हुनेछैन र यसले केवल टेक्स्ट मेसेजको हकमा मात्रै काम गर्दछ ।
-एजेन्सी
प्रतिक्रिया 4