News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले जेनजी आन्दोलनमा जलेको पार्टीको मुख्यालय परिसरमा पाल टाँगेर कामकाज सुरु गरेको छ।
- एमालेले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११औं महाधिवेशन गर्ने जनाएको छ।
- कार्यालय सचिव डा. भीष्म अधिकारीले 'अहिले कोशी सम्पर्क कार्यालय नजिकै पाल टाँगेर कार्यालय सुरु गरेका छौं' भने।
१० कात्तिक, काठमाडौं। नेकपा एमालेले जेनजी आन्दोलनमा जलेको पार्टीको मुख्यालय परिसरमा पाल टाँगेर कामकाज सुरु गरेको छ ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते च्यासलस्थित एमाले मुख्यालयमा तोडफोडसँगै आगजनी भएको थियो ।
एमालेले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११औं महाधिवेशन गर्ने जनाएको छ ।
कार्यालय सचिव डा. भीष्म अधिकारीले पालबाटै महाधिवेशन र अरू नियमित काम सुरु गरेको जानकारी दिए ।
‘अहिले कोशी सम्पर्क कार्यालय नजिकै पाल टाँगेर कार्यालय सुरु गरेका छौं, यहीँबाट महाधिवेशनसँग सम्बन्धित कामहरू पनि हुनेछन्,’ उनले भने ।
जलेको कार्यालय अहिले मर्मत सम्भारको काम भइरहेको पनि उनले जानकारी दिए ।
हेर्नुहोस् तस्वीरहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4