News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल चिकित्सक संघले किस्ट मेडिकल कलेजमा सुत्केरीको मृत्युपछि भएको तोडफोड घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
- संघले चिकित्सकमाथि कुटपिट र अमानवीय व्यवहार भएको भन्दै कानुनी कारबाहीको माग गरेको छ।
- सुत्केरी मिनाश्री राईको मृत्युपछि अस्पताल अगाडि नाराबाजी र तोडफोड हुँदा प्रहरीले लाठीचार्ज र अश्रु ग्यास प्रहार गरेको थियो।
१० कात्तिक, काठमाडौं । उपचारका क्रममा सुत्केरीको मृत्यु भएपछि किस्ट मेडिकल कलेजमा तोडफोड भएको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अस्पताल जस्तो संवेदनशील क्षेत्रमा आपराधिक कार्य भएको भन्दै संघले घटनाको भर्त्सना गरेको छ ।
संघले उपचारका क्रममा लापारबाही भएको शंका लागेमा कानुनी प्रक्रियामा जाने बाटो हुँदाहुँदै चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिटका साथै अमानवीय व्यवहार भएको भन्दै यसले समग्र स्वास्थ्य सेवा प्रवाहमा नै असर पर्नेतर्फ चिन्ता व्यक्त गरेको छ ।
स्वास्थ्य क्षेत्रलाई नै आतंकित तथा भयभीत पार्ने गरी किस्ट मेडिकल कलेजमा प्रदर्शन र तोडफोड भएको भन्दै संघले संलग्नमाथि कानुनी कारबाहीको माग गरेको छ ।
ललितपुरको इमाडोलमा रहेको किष्ट मेडिकल कलेजमा गत शुक्रबार सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका-९ की ३४ वर्षीया मिनाश्री राईको मृत्यु भएको थियो ।
चिकित्सकको लापरबाहीका कारण सुत्केरी महिलाको मृत्यु भएको भन्दै मृतकका आफन्तले सोमबार अस्पताल अगाडि नाराबाजी गरेका थिए ।
ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पताल तनावग्रस्त बनेको थियो । प्रदर्शनका क्रममा आक्रोशित भीडले अस्पतालमा ढुंगामुढासमेत गरेको थियो । जसका कारण सोमबार दिउँसोदेखि नै अस्पताल क्षेत्रमा प्रहरी परिचालित भएको थियो । भीडलाई तितरबितर पार्न प्रहरीले लाठीचार्ज गर्दै अश्रु ग्याससमेत प्रहार गरेको थियो ।

प्रतिक्रिया 4