News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरी प्रभाग बलम्बु तोडफोड गर्दै मोटरसाइकल आगजनी गर्ने २० वर्षीय तीर्थमान तामाङ पक्राउ परेका छन्।
- उनीलाई २४ भदौको जेनजी आन्दोलनको क्रममा भएको घटनामा सार्वजनिक भिडियो र फोटोको आधारमा पहिचान गरी पक्राउ गरिएको हो।
- प्रहरीले कार्यालयका सामान चोरी समेत भएको बताएको छ।
११ कात्तिक, काठमाडौं । प्रहरी प्रभाग बलम्बु तोडफोड गर्दै प्रहरीको मोटरसाइकल आगजनी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका-८ घर भएका २० वर्षीय तीर्थमान तामाङ छन् । उनलाई सार्वजनिक भिडियो र फोटोको आधारमा पहिचान गरी पक्राउ गरिएको प्रहरीले बताएको छ ।
२४ भदौको जेनजी आन्दोलनको क्रममा उनीसहितका व्यक्तिले बलम्बुको प्रहरी कार्यालय तोडफोड गर्दै आगजनी गरेका थिए ।
प्रहरीको क्युआरटी मोटरसाइकल जलाउनुका साथै कार्यालयका सामानहरु समेत चोरी गरेर लगिएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4