News Summary
Generated by OK AI. Editorially reviewed.- तिलिचो ताल घुम्न गएका ४५ वर्षका विरेन्द्र रसाइली लेक लागेर बेहोस भएपछि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ्गले उद्धार गरेको छ।
- सशस्त्र प्रहरी बलले रसाइलीलाई स्टेचरमा राखी खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताउनुभयो।
- मनाङ्गमा स्थापना भएको पर्वतीय उद्धार तालिम शिक्षालयले हिमपातमा परेका नागरिकहरुको उद्धारमा सहजता ल्याएको छ।
११ कात्तिक, काठमाडौं। तिलिचो ताल घुम्न गएका पर्यटकको लेक लागेर बेहोस अवस्थामा उद्धार गरिएको छ ।
काठमाडौं महानगरपालिका–३१ बस्ने ४५ वर्षका विरेन्द्र रसाइली फर्कने क्रममा एक्कासी लेक लागेर बेहोस भएपछि सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङ्गको सुरक्षा फौजले उद्धार गरेको हो ।
उनलाई स्टेचरमा राखी खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएको सशस्त्रका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले बताउ ।
मनाङ्गमा सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भएर उच्च भूभाग खोज तथा उद्धार तालिम समेत सञ्चालन गर्न थालेपछि हिमपातमा परेका नागरिकहरुको उद्धारमा सहजता भएको छ ।
प्रतिक्रिया 4