+

बटेश्वर गाउँपालिका क्रिकेटको उपाधि भंगहालाई

२०८२ कात्तिक  १२ गते ८:२९ २०८२ कात्तिक १२ गते ८:२९
बटेश्वर गाउँपालिका क्रिकेटको उपाधि भंगहालाई

१२ कात्तिक, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-३ मा सम्पन्न दोस्रो खुल्ला क्रिकेट प्रतियोगिताको उपाधि भंगहा नगरपालिकाले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा  महोत्तरीको भंगहा नगरपालिकाको टिमले ९ रनले आयोजक टिम बटेश्वर गाउँपालिकालाई पराजित गर्दै जित हात पारेको हो ।

१६ ओभरको समाप्तिमा ५ विकेट गुमाएर बटेश्वर गाउँपालिका मात्र १३९ रन बनाएको थियो । भंगाहा नगरपालिकाले उक्त लक्ष्य पूरा गर्दै विजेता बनेको हो ।  विजेता टिम भंगहाले खेलको उपाधि ४० हजार रुपैयाँ नगद, कप र शिल्ड हात पारेको हो । यस्तै उपविजेत टिम बटेश्वरलाई २५ हजार नगद, शिल्ड र कप प्रदान गरिएको छ ।

तिहार तथा छठ पर्वको अवसरमा बटेश्वर गाउँपालिका वडा नम्बर ३ को आर्थिक सहयोग तथा प्रगतिशील युवा क्लवको आयोजनामा गत कार्तिक १ गतेदेखि जनशक्ति माध्यमिक विद्यालयका खेल मैदानमा सुरु भएको क्रिकेटमा १६ वटा टिमले भाग लिएका थिए ।

विजेता र उपविजेता टिमलाई खेलका विशिष्ट अतिथि बटेश्वर गाउँपालिका वडानम्बर ३ का वडाध्यक्ष राममणि कुशवाहालगायत अतिथिले उपाधि हस्तान्तरण गरेका थिए । क्लबका अध्यक्ष मुकेशकुमार महतोको अध्यक्षतामा भएको समापन खेलका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रामअशिष महतो रहेका थिए ।

नेपाली क्रिकेट बटेश्वर गाउँपालिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय