+

महिला फुटबल : नेपाल र भारत आज सिक्किममा खेल्दै

२०८२ कात्तिक  १२ गते १४:३६ २०८२ कात्तिक १२ गते १४:३६
महिला फुटबल : नेपाल र भारत आज सिक्किममा खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय महिला फुटबल टोलीले १२ कात्तिकमा सिक्किमको पाल्जोर स्टेडियममा भारतसँग च्यारिटी अनअफिसियल मैत्रीपूर्ण खेल खेल्दैछ।
  • प्रशिक्षक नविन न्यौपानेले फ्याटिग समस्या भए पनि जितका लागि खेल्ने र सबै २३ खेलाडीलाई अवसर दिने बताए।
  • नेपालका नियमित कप्तान सावित्रा भण्डारी, गोलकिपर एन्जिला तुम्बापो सुब्बा र प्रीति राई आजको खेलमा सहभागी नहुने छन्।

१२ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज भारतसँग सिक्किममा मैत्रीपुर्ण खेल खेल्दैछ । फिफा विन्डो बाहिर भएकोले यो अनअफिसियल मैत्रीपूर्ण खेल हुँदैछ ।

सिक्किम राज्य स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा नेपाल र भारतको महिला फुटबल टिमले यो खेल खेल्न लागेको हो । यो खेल च्यारिटी म्याचको रुपमा खेलिनेछ ।

खेल सिक्किमको पाल्जोर स्टेडियममा नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ ।

शिलोङमा ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलेर नेपाल र भारतको टोली मंगलबार सिक्किम पुगेको हो ।

शिलोङमा सोमबार भएको खेलमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो । म्याच खेलेको दिन राति नै सिक्किमका लागि प्रस्थान गरेको नेपाली टोली मंगलबार बेलुका मात्र सिक्किम पुगेकोले थकानको समस्या हुनेछ ।

सुरुमा नेपालले भारतसँग बिहीबार खेल्ने भनिएपनि खेल एक दिन अघि सारिएको हो ।

मुख्य प्रशिक्षक नविन न्यौपानेले ट्राईनेसन्स मेत्रीपूर्ण खेलमा इरान विरुद्ध पहिलो खेलमा जस्तै यस खेलमा पनि फ्याटिगको समस्या आउने सक्ने बताए । तर मैदान प्रवेश गरेपछि जितके लागि खेल्ने बताए ।

‘अस्ति म्याच खेल्यो अनि ट्राभलपछि फेरि म्याच । यहाँको फुटबल वातावरण राम्रो छ ।  अनअफिसियल म्याच भएपछि हामी जितकै लागि खेल्छौँ । फुटबल खेलाडीको लागि म्याच भनेको म्याच नै हो , उनले भने, ‘इरानसँग खेल्दा देखिएको फ्याटिग आज पनि देखिन्छ।’

च्यारिटी म्याच भएकोले सबै खेलाडीलाई अवसर दिने प्रशिक्षक न्यौपानेले बताए । ‘आजको च्यारिटी म्याच भएकोले खेलाडीहरू त्यही अनुसार चेन्ज गर्छौँ । च्यारिटी म्याचलाई इन्जोए गर्दे जितकै मानसिकताका लागि खेल्छौं’ उनले भने र।

आजको खेलमा नेपालको नियमित कप्तान सावित्रा भण्डारी साम्बासहित गोलकिपर एन्जिला तुम्बापो सुब्बा र प्रीति राई खेल्ने छैनन् । उनीहरू मुख्य खेलाडी भएपनि उनीहरू नहुँदा दबाब नहुने र अरु खेलाडीले अवसर पाउने प्रशिक्षकको बुझाई छ।

‘तीन जना नहुँदा दबाब भन्दा पनि मुख्य खेलाडी हुँदा डिमान्ड त भइहाल्छ तर यो खेललाई मैले कसरी हेरेरको छु भन्दा  च्यारिटी म्याच भएकोले यहाँ आउनुभएका स्क्वाडका २३ जना सबैले खेल्ने वातावरण बनेको छ’ न्यौपानेले भने, ‘अब इन्डोनेसियामा हुने खेल र साफ गेमको लागि खेलाडीहरूको प्रदर्शन कस्तो हुन्छ हेर्न पाइन्छ र यसलाई मैले सेलेक्सन म्याच जस्तो रुपमा लिएको छु।’

भारतको पनि मुख्य खेलाडी नहुने र यू-१९ टिमका खेलाडीहरू खेलाउने जानकारी रहेको प्रशिक्षक न्यौपानेले बताए । उनले मैदान प्रवेश गरेपछि जुन पनि खेल जितकै लागि खेल्ने दोहोर्‍याए । ‘गेम भित्र मैदान प्रवेश गरेपछि जित्नका लागि खेल्छौँ र जितकै लागि हामी योजना बनाएर आउँछौं’ उनले भने ।

महिला फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय