+
+
Shares

विज्ञहरुसँग तोसिमा, मानुषी, रन्जुले भने : राजनीतिक निकासका लागि सामूहिक प्रयास जरूरी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजनीतिक दलका युवाहरूले अबको राजनीतिक निकास निकाल्न विज्ञहरूसँग परामर्श गर्न अत्यन्त जरूरी रहेको बताएका छन्।
  • विवेकशील साझा पार्टीकी महासचिव रन्जु दर्शनाले सबैको योगदान र सुझावले आगामी राजनीतिक दिशाबारे सशक्त दृष्टिकोण प्रदान गरेको बताइन्।
  • कार्यक्रम मानुषी यमि भट्टराई, तोशिमा कार्की र रन्जु दर्शनाको संयुक्त पहलमा आयोजना गरिएको थियो।

१२ कात्तिक, काठमाडौँ। राजनीतिक दलका युवाहरूले जेनजी आन्दोलनपछिको राजनीतिक निकास निकाल्‍न विज्ञहरूसँग परामर्श गर्न अत्यन्त जरूरी रहेको बताएका छन् ।

मंगलबार आयोजित एक कार्यक्रममा युवा नेताहरूले वर्तनमान संक्रमणकालीन राजनीतिको निकास विचार, विमर्श र परामर्शबाटै निकाल्नुपर्नेमा जोड दिएका हुन् ।

उनीहरूले आगामी राजनीतिक दिशाबारे सोच्न सशक्त दृष्टिकोण पनि प्रदान गर्नुपर्नेमा जोड दिए ।

विवेकशील साझा पार्टीकी महासचिव रन्जु दर्शनाले सबैको योगदान र सुझावहरूले आगामी राजनीतिक दिशाबारे सोच्न सशक्त दृष्टिकोण पनि प्रदान गर्नुपर्नेमा जोड दिइन् ।

‘ हिजो सम्पन्न यो अन्तरक्रियात्मक कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ, युवा, र सरोकारवालाहरूको सक्रिय सहभागिता रह्यो,’ उनले भनेकी छिन्, ‘सबैको योगदान र सुझावहरूले आगामी राजनीतिक दिशाबारे सोच्न सशक्त दृष्टिकोण पनि प्रदान गर्‍यो।’

आपसी संवाद र विचार-विमर्श नै सकारात्मक परिवर्तनको बाटो भएको उनको भनाइ छ । ‘सबै सहभागीहरूलाई धन्यवाद! आपसी संवाद र विचार-विमर्श नै सकारात्मक परिवर्तनको बाटो हो।’ उनले भनेकी छिन्।

रास्वपा पूर्वसांसद तोसिमा कार्कीले संकट समाधानका लागि दलहरुले र युवा पुस्ताले आपसी छलफल बढाउँदै लैजानुपर्नेमा प्रतिद्वन्द्विता राख्ने काम भइरहेको भन्दै गुनासो गरिन् । सामूहिक प्रयत्न मार्फत परिवर्तन संस्थागत गर्न उनको जोड थियो ।

कार्यक्रम मानुषी यमि भट्टराई, तोशिमा कार्की र रन्जु दर्शनाको संयुक्त पहलमा आयोजना गरिएको थियो। लेखक अर्चना थापा,  खगेन्द्र संग्रौला, हिमा विष्ट, अमोद प्याकुरेल, दोभान राई, नयनतारा कक्षपति, सरु जोशी, कैलाश राई लगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?