News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनमा न्यायालयमाथि आक्रमण गरेर कानुनी व्यवस्था खल्बल्याउने षड्यन्त्र भएको बताएका छन्।
- उनले आन्दोलनका माग जायज भए पनि राष्ट्र विरोधी तत्वले घुसपैठ गरी ठूलो जनधनको क्षति भएको उल्लेख गरे।
- पोखरेलले जेन–जी आयोगका पदाधिकारीले आन्दोलनकारीलाई उकास्ने काम गरेको र गौरीबहादुर कार्कीले नैतिक हिसाबले राजीनामा दिनुपर्ने बताए।
१३ कात्तिक, काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनका क्रममा नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भएको बताएका छन्।
प्रेस चौतारी दाङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेले जेन–जी आन्दोलनमा घुसपैठगरी न्यायालयमाथि आक्रमण गरेर नेपालको कानुनी व्यवस्थालाई खल्बल्याउने षड्यन्त्र भएको बताएका हुन्।
आन्दोलनमा नाममा न्यायालयमाथि आक्रमण हुन सामान्य घटना नभएको उनको भनाइ छ। महासचिव पोखरेलले जेन–जी आन्दोलनमा उठाइएका माग जायज भए पनि राष्ट्र विरोधी स्वार्थी तत्वले घुसपैठ गरेका कारण ठूलो जनधनको क्षति भएको जिकिर गरे।
उनले वर्तमान सरकारले गैह्र सरकारी संस्थालाई जेन–जी आन्दोलनको स्टेक होल्डर बनाउनु संविधानविपरीत भएको टिप्पणी गरे।
आन्दोलनका नाममा प्रहरीका हतियार लुटिएको र कैदीहरू बाहिर रहेकाले असुरक्षा बढेको भन्दै पोखरेलले त्यसले चुनावलाई समेत असर पुराउन सक्ने बताए।
जेन–जी आन्दोलनको छानबिनका लागि बनेको आयोगका पदाधिकारीले आन्दोलनकारीलाई उकास्ने काम गरिसकेकाले निष्पक्ष छानबिन नहुने उनले बताए। गौरीबहादुर कार्कीले नैतिक हिसाबले राजीनामा दिनुपर्ने उनको तर्क छ।
प्रतिक्रिया 4