+
+
Shares

नाउपा नेपालको अध्यक्षमा कबीर सोब प्रस्तावित, चुनाव चिह्न जाँतो

निर्वाचन आयोगमा पेश भएको कागजातमा पार्टीको अध्यक्ष कबीर सोबलाई गरिएको छ । त्यस्तै, चुनाव चिन्ह भने जाँतो प्रस्ताव गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १६:५८

१३ कात्तिक, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) छाडेर नयाँ दल घोषणा गरेका रेशम चौधरीले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । नागरिक उन्मुक्ति पार्टी, नेपाल नाम राखेर दल दर्ताका लागि दिएको निवेदन अहिले सनाखतको प्रक्रियामा रहेको छ ।

पार्टी घोषणा गरेका चौधरीसहितका नेताहरू बिहीबार दल दर्ताको प्रयोजनका लागि एउटै पोशाकमा निर्वाचन आयोग पुगेका हुन् ।

निर्वाचन आयोगमा पेश भएको कागजातमा पार्टीको अध्यक्ष कबीर सोबलाई गरिएको छ । त्यस्तै, चुनाव चिह्न भने जाँतो प्रस्ताव गरिएको छ ।

२५ वर्षीय सोब कैलाली टिकापुरका हुन् । चौधरीसँग डा. सीके राउत नेतृत्वको जनमत पार्टी परित्याग गरेका अब्दुल खान पनि आयोग पुगेका छन् ।

अबदुलसँगै थप पाँच जना केन्द्रीय नेताले असोजको पहिलो साता जनमत छोड्ने निर्णय गरेका थिए ।

टीकापुर घटनापछि भूमिगत रुपमा भारी मतले चुनाव जितेका रेशमले पछि आफैं संरक्षण भएर पार्टी खोलेका थिए ।

पछिल्लो समय विभिन्न राजनीतिक मुद्दाहरूमा श्रीमतीसमेत रहेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसँग उनको विवाद बढिरहेको थियो ।

श्रेष्ठ र चौधरीको समूह फरक–फरक थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?