१३ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबारे निजी क्षेत्रसँग छलफल गर्न जिल्ला सुरक्षा समिति (जिसुस) सँग निर्देशन गरेको छ ।
गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई निजी क्षेत्रसँग समन्वय गरी अनुकूल व्यावसायिक वातावरण बनाउन आवश्यक तयारी गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले बिहीबार एक पत्र जारी गरी जेनजी प्रदर्शनका क्रममा मानवीयसँगै सार्वजिनक र निजी क्षेत्रको सम्पत्ति हानी नोक्सानी भएकोबारे जिल्ला सुरक्षा समितिका पदाधिकारीसमेत सहभागी हुनेगरी जिल्ला उद्योग वाणिज्य संघ लगायतसँग बैठक गरेर समन्वय गर्न निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4