 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'परान' को प्रिमियरमा डेब्यू निर्देशक दीपक आचार्य 'काकु'ले सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताए।
- अभिनेता हरिवंश आचार्यले 'परान' मा देखाइएको कथा हरेक गाउँको समस्या भएको उल्लेख गरे।
- निर्देशक सुयोग गुरुङले 'परान' छुटाउनै नहुने फिल्म भएको र आँखामा आँसु आउन सक्ने प्रतिक्रिया दिए।
काठमाडौं । रिलिज पूर्वसन्ध्यामा फिल्म ‘परान’ लाई प्रिमियर गरिएको छ । सो अवसरमा फिल्मले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको डेब्यू निर्देशक दीपक आचार्य ‘काकु’ले जनाए ।
फिल्म हेरेपछि कतिपय अतिथि भावुक देखिए । उनीहरूले आफ्ना परिवारका सदस्यलाई फिल्मले स्मृतिमा ल्याएको प्रतिक्रिया दिए ।
अभिनेता हरिवंश आचार्यले आचार्यको डेब्यू निर्देशकीय फिल्म उत्कृष्ट रहेको बताउँदै फिल्मले देखाएको कथा हरेक गाउँको समस्या भएको बताए ।
हरिवंशले ’परान’ हेर्दा धेरैले आफ्नो घरको कथा महसुस हुनसक्ने भन्दै सबैलाई फिल्म हेर्न आग्रह गरे ।

प्रदर्शनरत फिल्म ’जेरी अन टप’का निर्देशक सुयोग गुरुङले ’परान’ छुटाउनै नहुने फिल्म बनेको प्रतिक्रिया दिए । हेरिरहँदा आँखा झिमिक्क नहुने र कतिखेर आँखामा आँसु आउछन् थाहा नै नहुने बताए ।
अन्य सेलिब्रेटीले पनि सकारात्मक प्रतिक्रिया दिए । उपस्थित अधिकांशले फिल्मका निर्माताद्धय शेखर गोल्छा र रन्जित आचार्यलाई फिल्म निर्माणमा प्रवेशसँगै उत्कृष्ट फिल्म दिएकोमा बधाई तथा शुभकामना दिएका थिए ।
फिल्मले उमेरको उत्तरार्धमा रहेका एक बाबुको कथा प्रस्तुत गर्छ, जो सन्तानको नजिक रहन चाहन्छन् तर सन्तानका आफ्नै प्राथमिकताका कारण ती चाहना पूरा हुन सक्दैनन् ।
यसै अन्तरद्वन्द्वलाई फिल्मले भावनात्मक रूपमा चित्रण गरेको छ।
फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ लगायतको अभिनय छ ।
आफैले अभिनय गरेको फिल्म हेरिसकेपछि अभिनेता शाह हलभित्रै आँसु बगाएका भिडियो पनि सामाजिक सञ्जालमा आइरहेका छन् ।




 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
     
     
     
     
     
                
प्रतिक्रिया 4