+

भ्यालेन्सियामाथि रियलको सहज जित, शीर्षस्थानमा ७ अंकको अग्रता

२०८२ कात्तिक  १६ गते ७:५८ २०८२ कात्तिक १६ गते ७:५८
भ्यालेन्सियामाथि रियलको सहज जित, शीर्षस्थानमा ७ अंकको अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रियल मड्रिडले भ्यालेन्सियामाथि ४-० को सहज जित निकाल्दै लालिगाको शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ।
  • किलियन एमबापेले २ गोल गर्दा जुड बेलिङहाम र अल्भारो कारेरासले १-१ गोल गरे।
  • रियलको ११ खेलमा ३० अंक हुँदा दोस्रो स्थानमा भिलारियलको २३ र बार्सिलोनाको २२ अंक छ।

१६ कात्तिक, काठमाडौं । रियल मड्रिडले भ्यालेन्सियामाथि सहज जित निकाल्दै लालिगाको शीर्षस्थानमा ७ अंकको अग्रता बनाएको छ ।

शनिबार राति भएको खेलमा रियलले भ्यालेन्सियामाथि ४-० को जित निकालेको हो । रियलको जितमा किलियन एमबापेले २ गोल गरे भने जुड बेलिङहाम र अल्भारो कारेरासले १-१ गोल गरे ।

१९औं मिनेटमा एमबापेले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३१औं मिनेटमा पुन: एमबापेले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे ।

४४औं मिनेटमा बेलिङहामले अर्को गोल थप्दै रियललाई पहिलो हाफमा ३-० ले अगाडि राखे ।

८२औं मिनेटमा अल्भारोले गोल गरेपछि रियलको ४-० को जित पक्का भयो ।

जितपछि रियलको ११ खेलमा ३० अंक भएको छ । दोस्रोमा भिलारियलको २३ अंक छ । भिलारियलले पनि शनिबार रायो भालेकानोलाई ४-० ले हराएको थियो ।

एक खेल कम खेलेको बार्सिलोनाको २२ अंक छ ।

रियल मड्रिड स्पेनिस लालिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय