१७ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गरेका छन् । आज बिहान ९ : १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न गरेका हुन् ।
राष्ट्रपति पौडेललाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीलगायत उच्च पदस्थ व्यक्तिहरूले त्रिभुवन विमानस्थलमा पुगेर बिदाइ गरेका छन् ।
उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् ।
राष्ट्रपति पौडेलसहितको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ ।
गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय गरेको थियो ।
तस्वीर : विकास श्रेष्ठ



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4