+
+
Shares

यी हुन् जेनजी आन्दोलनका ४५ शहीद (नामावली)

राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १७:५८

१७ कात्तिक, काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ ।

राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा काठमाडौं लगायत मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ जना व्यक्तिहरूलाई राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

‘खासगरी गृह मन्त्रालय अन्तर्गत रहेको समिति र अन्य सुरक्षा निकाय, जिल्ला प्रशासन कार्यालयबाट आएको अध्ययनबाट ४५ जना व्यक्तिलाई शहीद घोषणा गरिएको छ । अन्य थपको बारेमा अध्ययन हुँदैन,’ उनले भने ।

क्र.सं. नाम, थर ठेगाना
बुद्धिबहादुर तामाङ किर्तिपुर-२ काठमाडौं
सन्तोष बिश्वकर्मा बेलका-४ उदयपुर
सुलभ राज श्रेष्ठ नेपालगञ्ज-१ बाँके
श्रीयम चौलागाई बेलबारी-११ मोरङ
ईस्वत बहादुर अधिकारी कामपा-११ काठमाडौं
आयुष थापा नेपालगन्ज-१ बाँके
गौरब जोशी धनगढी-५ कैलाली
योग बहादुर श्रेष्ठ बारविसे-६ सिन्धुपाल्चोक
माधव सारू मगर भूमिकास्थान-४ अर्घाखाँची
१० बिमल बाबु भट्ट बारपाक सुलिकोट-५ गोरखा
११ असहाव आलम ठकुराई विरगंज-१२ पर्सा
१२ सौरन किशोर श्रेष्ठ बाग्लुङ-४ बाग्लुङ
१३ सुभाष कुमार बोहरा खप्तडछान्ना-७ बझाङ
१४ रसिक खतिवडा खत्री पनौति-१० काभ्रे
१५ बिनोद महर्जन ललितपुर-७ ललितपुर
१६ दिल नारायण तामाङ तिमाल-७ काभ्रे
१७ योगेन्द्र न्यौपाने गोलान्जोर-१ सिन्धुली
१८ अभिषेक श्रेष्ठ इनरुवा नपा-६ सुनसरी
१९ मोहन सरदार इटहरी-१४ सुनसरी
२० छत्रमान कुथुमी पाख्रिबास-२ धनकुटा
२१ ओझन बुढा स्वामिकार्तिक खापर-२ बाजुरा
२२ साजन राई धरान-२२ सुनसरी
२३ अनिश पराजुली पालुङटार-३ गोरखा
२४ सारकुमार राई चौदन्डीगढी-३ उदयपुर
२५ अर्जुन भट्ट गण्डकी-४ गोर्खा
२६ धिरज श्रेष्ठ तादी-३ नुवाकोट
२७ देव कुमार सुवेदी लालबन्दी-५ सर्लाही
२८ उमेश महत चौतारा साँगाचोकग-८ सिन्धुपाल्चोक
२९ प्रविण कुलुङ सिलिचुङ-३ संखुवासभा
३० निखिता गौतम कालिका-८ चितवन
३१ अभिषेक चौलागाई शैलुङ-४ दोलखा
३२ बिजय चौधरी लहान-१५ सिरहा
३३ भिम राज धामी दुर्गाथली-१ बझाङ
३४ निरज पन्त दशरथ-६ बैतडी
३५ दीपक सिंह साउद शिवनाथ-२ बैतडी
३६ शुभराज बलामी श्रेष्ठ ककनी-१ नुवाकोट
३७ ज्ञानिन्द्र सेढाई अर्जुनधारा-११ झापा
३८ दिनेश राजवंशी अर्जुनधारा-ड झापा
३९ कमल भण्डारी हिलिहाङ-२ पाँचथर
४० दिपेश सुनुवार तिनपाटन-६ सिन्धुली
४१ महेश बुढाथोकी विगु-३ दोलखा
४२ लच्छुमान राई पञ्चकन्या-२ नुवाकोट
४३ मिलन राय दुधौली-८ सिन्धुली
४४ अमृत गुरुङ रुपा-५ कास्की
४५ उत्तम थापा लेकाम-३ दार्चुला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?