News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले चलचित्र संग्रहालयको लागि अत्याधुनिक रेडएमएक्स क्यामेरा प्राप्त गरेको छ।
 - बोर्ड अध्यक्ष दिनेश डीसीले चलचित्र क्षेत्रको ऐतिहासिक यात्रालाई संग्रह र सम्मान गर्ने अभियानमा क्यामेरा सहयोग महत्वपूर्ण रहेको बताए।
 - सिने-फोकस प्रोडक्सन हाउसका सञ्चालक रजत बुढाथोकीले चलचित्र इतिहास जोगाउन र नयाँ पुस्तालाई प्रेरणा दिन क्यामेरा प्रदान गरेका छन्।
 
काठमाडौं । चलचित्र विकास बोर्डले निर्माण गर्न लागेको चलचित्र संग्रहालयको लागि अत्याधुनिक रेडएमएक्स क्यामेरा प्रदान गरिएको छ ।
चलचित्र सम्पदालाई व्यवस्थित रूपमा संग्रह गर्ने लक्ष्यका साथ बोर्डले संग्रहालयको तयारी तीव्र तुल्याएको छ ।
डेढ दशकदेखि सक्रिय छायाँकार पुरुषोत्तम प्रधानको नेतृत्वमा सिने-फोकस प्रोडक्सन हाउसका सञ्चालक रजत बुढाथोकीले क्यामेरा प्रदान गरे ।
बोर्ड अध्यक्ष दिनेश डीसीले क्यामेरा ग्रहण गरे । उपकरण ग्रहण गर्दै अध्यक्ष डीसीले चलचित्र क्षेत्रको ऐतिहासिक यात्रालाई संग्रह र सम्मान गर्ने अभियानमा यो सहयोग महत्वपूर्ण रहेको बताए ।
‘चलचित्रको इतिहास, प्रविधि र योगदानको संरक्षण केवल कागजमा होइन, दस्तावेज र उपकरणमार्फत प्रमाणित गर्ने समय आएको छ’ उनले भने ।
संग्रहालयमार्फत नेपाली चलचित्रका पुराना क्यामेरा, उत्पादन उपकरण, पोस्टर, संगीत सामग्री, पटकथा, पुरस्कार, सम्मान लगायतका ऐतिहासिक सम्पदा संरक्षित गरिने बोर्डले जनाएको छ ।
प्रदान गरिएको उक्त क्यामेराबाट ‘मायाज बार’, ‘छ एकान छ’, ‘अझै पनि’ लगायतका फिल्म छायांकन गरिएको थियो ।
क्यामेरा प्रदान गर्दै बुढाथोकीले नेपाली चलचित्रको इतिहास जोगाउन र नयाँ पुस्तालाई प्रेरणा दिन सहयोग गरेकोमा आत्मसन्तुष्टि भएको बताए ।
दाङबाट राजधानीमा चलचित्र व्यवसाय गर्न आएका उनको कम्पनीले हाल चलचित्र निर्माणको लागि भाडामा उपकरण तथा पोष्ट प्रोडक्सनको व्यवस्थापन गर्दै आएको छ ।
‘चलचित्र क्षेत्र हाम्रो पहिचान हो । यसको इतिहासलाई सुरक्षित राख्नु सबैको दायित्व हो’ उनले भने ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4