+
+
Shares

भोजपुर र संखुवासभालाई जोड्ने लम्सुवाघाट पक्की पुल निर्माण १५ वर्षसम्म अलपत्र

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते ७:३३
Photo Credit : RSS

१८ कात्तिक, भोजपुर । उत्तरी क्षेत्रबाट भोजपुर र संखुवासभालाई जोड्ने अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १५ वर्षदेखि अलपत्र छ ।

विसं २०६७ मा निर्माण थालिएको यो पुलमा चार करोड रुपैयाँ खर्च भइसकेको छ ।

१५ वर्षसम्म पनि अलपत्र अवस्थामा रहेपछि पुल बन्ने आशामा बसेका स्थानीय बासिन्दा अहिले निराश बनेका छन् ।

भोजपुर षडानन्द–६ का वडाध्यक्ष सुमन विसुन्केका अनुसार यहाँ संघीय सरकारको करिब रु चार करोड खर्च भइसकेको छ । ६ वटा पिलरको आधार (बेस) राखेपछि यहाँको पुल निर्माण अलपत्र अवस्थामा रहेको उनले बताए ।

‘लम्सुवाघाट पुल निर्माणको काम लामो समयबाट अलपत्र छ’, वडाध्यक्ष विसन्केले भने, ‘राज्यको चार करोड रुपैयाँ खर्च भएपछि काम अलपत्र पारिएको अवस्था छ । हामी स्थानीय १५ वर्षदेखि पुल बन्ने आशामा बसेका छौं ।’

यहाँ १७२ मिटर लामो पक्की पुल निर्माणका लागि काम थालिएको थियो । निर्माणका क्रममा नै अलपत्र बनेको पुल सम्पन्न गराउन राज्य गम्भीर नबनेको स्थानीयवासी भक्तराज विश्वकर्मा बताउँछन् ।

पक्की पुल नहँुदा आवतजावतमा समस्या रहेको उनको भनाइ छ ।

‘राज्यले यहाँ पुल निर्माणमा बेवास्ता गरेको छ’, उनले भने, ‘पुल निर्माणको काम १५ वर्षदेखि अलपत्र छ । हामी यही अलपत्र पुल हेरेर बस्न बाध्य छौँ । यस्ता विषयमा राज्यले ध्यान दिन आवश्यक छ ।’

२०६७ सालमा पुल निर्माण सुरु गरेको निर्माण कम्पनीले सम्झौताअनुसार सो पुल २०७० सालमा सक्नुपर्ने थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?