+
+
Shares

कांग्रेस संस्थापन पक्षको प्रस्ताव : २७-३० वैशाखमा महाधिवेशन गरौं

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १५:२२

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी २७-३० वैशाखसम्म पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेको छ ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा संस्थापन पक्षका तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले वैशाखको अन्तिम साता पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका हुन् ।

यसअघि बैठकमा महामन्त्री गगन थापाले भने आगामी पुसमा नियमित महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए । महामन्त्री थापाले १६-१९ पुसभित्र महाधिवेशन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

कांग्रेसमा संस्थापन र संस्ठापन इतर समूहले १५औं महाधिवेशन नियमित गर्ने तर, फरक-फरक मितिमा गर्न प्रस्ताव गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?