+
+
Shares

‘जेरी अन टप’ लाई स्पष्टीकरण सोध्ने र ‘कोशेढुंगा’ को प्रदर्शन रोक्ने सेन्सर बोर्डको निर्णय

अनुगमनको क्रममा प्रदर्शनको नियम पालना नगरेको पाइएको बताउँदै समितिले प्रदर्शनरत अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ लाई स्पष्टीकरण सोधेको छ । ६ बुँदासहित समितिले ‘जेरी अन टप’का निर्मातालाई स्पष्टीकरण सोध्दै पत्र लेखेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १८:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केन्द्रीय चलचित्र जाँच समितिले फिल्म 'कोशेढुंगा' को प्रदर्शन नियम उल्लंघन गरेको भन्दै सार्वजनिक प्रदर्शन रोक्ने निर्णय गरेको छ।
  • समितिले अनमोल केसी स्टारर फिल्म 'जेरी अन टप' लाई अश्लिल संवाद म्युट नगरेको र सन्देशहरू नेपाली भाषामा नभएको भन्दै स्पष्टीकरण सोधेको छ।
  • निर्माताबाट चित्त बुझ्ने जवाफ नआए कानूनी प्रक्रिया अघि बढाउने समितिका सदस्य सम्पन्न श्रेष्ठले बताएका छन्।

काठमाडौं । प्रदर्शन नियम उल्लंघन गरेको पाइएको बताउँदै केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले फिल्म ‘कोशेढुंगा’ को प्रदर्शन रोक्ने निर्णय गरेको छ ।

मंगलबार बसेको समितिको बैठकले उक्त फिल्मको सार्वजनिक प्रदर्शन रोक्का गर्न चलचित्र विकास बोर्डमा लेखिपठाउने निर्णय गरेको छ ।

असोज २४ गते २४ घण्टाभित्र समितिमा स्पष्टीकरणको लिखित जवाफ पेश गर्न निर्देशन दिएपनि त्यसको पालना नभएको समितिको ठहर छ । सरोज पौडेल निर्देशित फिल्म हलमा भने प्रदर्शन भैसकेको छ ।

यसैबीच, अनुगमनको क्रममा प्रदर्शनको नियम पालना नगरेको पाइएको बताउँदै समितिले प्रदर्शनरत अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ लाई स्पष्टीकरण सोधेको छ ।

स्पष्टीकरणको पत्र निर्मातालाई आजै पठाइएको र निर्माताबाट चित्त बुझ्ने जवाफ नआए आफूहरू कानूनी प्रक्रियामा अघि बढ्ने समिति सदस्य सम्पन्न श्रेष्ठले बताए ।

६ बुँदासहित समितिले ‘जेरी अन टप’का निर्मातालाई स्पष्टीकरण सोध्दै पत्र लेखेको छ ।

अश्लिल लाग्ने संवाद म्युट नगरिएको, धुमपान-मद्यपान हानिकारक छ भन्ने सन्देश नराखिएको, तोङ्बा खाएको दृश्यमा पनि सन्देश नलेखिएको, सबै सन्देश अंग्रेजी भाषामा रहेको तर कार्यविधिअनुसार नेपाली भाषामा हुनुपर्ने समितिको ठहर छ ।

१७ कात्तिकमा सिटी सेन्टरको बिग मूभिज हलमा अनुगमन गर्दा उपरोक्त कुरा भेटिएको प्रतिवेदन अनुगमन समितिले समितिलाई पठाएको थियो । अनुगमन समितिको प्रतिवेदन र केन्द्रीय चलचित्र जाँच समितिको निर्णयको पत्र अनलाइनखबरलाई प्राप्त भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?