News Summary
Generated by OK AI. Editorially reviewed.- निर्वाचन आयोगले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा सरकारसँग गृहकार्य गरिरहेको छ।
- कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले एकदुई दिनमा यसबारे निचोडमा पुग्ने बताए।
- विदेशमा रहेका नेपालीलाई मताधिकार दिनुपर्ने स्वाभाविक मागप्रति आयोगले कुनै विमति नराखेको छ।
१८ कात्तिक, काठमाडौं। विदेशमा रहेका नेपालीलाई मताधिकार दिनेबारे निर्वाचन आयोग अझै अलमलमा छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने विदेशमा रहेका नेपालीहरूलाई मतदानमा सहभागि गराउने विषयमा समेत सरकार र आयोगले आवश्यक गृहकार्य गरिरहको बताउँछन् । उनी भन्छन्, ‘अबको एकदुई दिनमा हामी यसको निचोडमा पुग्छौं ।’
भण्डारीले विदेशमा रहेका नेपालीहरूलाई मतदानमा सहभागि गराउनुपर्ने स्वभाविक मागप्रति आयोग कुनै विमति नरहेको भने बताएका छन् ।
उनी भन्छन्, ‘विदेशमा रहेका नेपालीहरुले मतदान गर्न पाउनुपर्छ भन्ने कुरा उठेका छन् । आयोगले यसलाई कसरी हेरेको छ । यो स्वाभाविक माग हो । प्रवासी नेपालीको यो मागप्रति आयोगले विमति पनि राखेको छैन । विदेशम रहेका नेपालीहरुले मताधिकार पाउनुपर्छ भन्ने विषयमा अहिले विभिन्न चरणमा छलफल पनि भइरहेका छन्।’
यसका सम्भावनाबारे छलफल भइरहेको भण्डारीको जवाफ छ, ‘अहिले विदेशका केही ठाउँमा भएपनि विदेशमा रहेका नेपाली नागरिकलाई मतदानमा सहभागि गराउँ भन्ने सरकारको पनि आग्रह छ । सरकार आफ्नै तहबाट अध्ययन समेत गरिरहेको छ । आयोग समेत आफ्नै तहबाट अध्ययन गरिरहेको छ ।’
अध्ययन गरिसकेर केही दिनमा निचोडमा पुगिने उनले बताएका हुन् ।
प्रतिक्रिया 4