+
+
Shares
जेनजी आन्दोलन :

अख्तियारले पनि दियो प्रहरीमा उजुरी, २४ करोडको क्षति दाबी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १८ गते १९:१७

१८ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रहरीमा उजुरी दिएको छ । गत २३ र २४ भदौमा भएको आन्दोलनको क्षति विवरण सहित अख्तियारले जिल्ला प्रहरी परिसरमा उजुरी दिएको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले उजुरी प्राप्त भएको जानकारी दिए ।

अख्तियार स्रोतका अनुसार जेनजी आन्दोलनमा २४ करोड क्षति भएको दाबीसहित प्रहरीमा उजुरी दिइएको हो ।

आजै सर्वोच्च अदालत र काठमाडौं जिल्ला अदालतले प्रहरीमा जाहेरी दिएका थिए ।

जेनजी आन्दोलनको क्रममा भएको तोडफोड र आगजनीको घटना अनुसन्धान गर्न भन्दै जाहेरी परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?