+
+
Shares

प्रतितोला ११ सय रुपैयाँ घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १०:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ।
  • सुनको भाउ दुई दिनमा २५ सय रुपैयाँ घटेर असोज ३१ गतेको रेकर्ड मूल्य २ लाख ५८ हजार रुपैयाँबाट घटेको छ।
  • चाँदीको भाउ पनि बुधबार २५ रुपैयाँ घटेर २९९० रुपैयाँ प्रतितोला पुगेको छ।

१९ कात्तिक, काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ प्रतितोला २ लाख ३७ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३८ हजार ३ सय रुपैयाँ थियो । अघिल्लो दिन पनि सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको थियो ।

दुई दिनमा सुनको भाउ २५ सय घटेको छ । त्यस्तै रेकर्ड मूल्यबाट सुनको भाउ तोलामा २० हजार ८ सय रुपैयाँ घटिसकेको छ । असोज ३१ गते सुनको भाउले प्रतितोला २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो ।

चाँदीको भाउ पनि बुधबार २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३०१५ रुपैयाँ रहेको चाँदी आज २९९० रुपैयाँमा झरेको छ । चाँदी रेकर्ड मूल्यबाट तोलामा ३६० रुपैयाँ घटेको छ । असोज ३१ गते ३३५० रुपैयाँको रेकर्ड बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?