+
+
Shares

पाल्पामा मध्यराति चिच्याएर वर माग्ने अनौठो मेला, भक्तजनको घुइँचो (तस्वीरहरू)

कमल अधिकारी कमल अधिकारी
२०८२ कात्तिक १९ गते १२:४७

१९ कात्तिक,पाल्पा । नेपालकै अनौठो चिच्चाएर वर माग्ने मेलामा दर्शनार्थीहरुको घुइँचो लागेको छ ।

पाल्पाको तिनाउ गाउँपालिका-४, सत्यवतीमा गत शनिबारदेखि वर माग्ने मेला सुरु भएको छ । यो मेलामा सत्यवती तालमा परिक्रमा गरी सत्यवती बज्यौसँग चिच्याउँदै वर माग्ने प्रचलन रहेको छ ।

मेलामा सत्यवती बज्यैसङ्ग वर माग्नका लागि देशका विभिन्न स्थान र भारतबाट समेत दर्शनार्थीहरु आएका छन् ।

सत्यवती मन्दिरमा कात्तिके पूर्णिमाको अवसर पारेर हरेक वर्ष चिच्याएर वर माग्ने मेला लाग्दै आएको छ ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाका अनुसार कात्तिके पूर्णिमा कात्तिक  महिनामै परेको हुँदा महाजोग परेकोले पाँच दिनसम्म मेला लगाइएको जानकारी दिए ।

परापूर्वकालमा सत्यवती बज्यै घना जङ्गलको बीचमा आई तपस्या गरेपछि शक्ति प्राप्त गरेको किंवदन्ती छ ।

सत्यवती बज्यै कान नसुन्ने थिइन् । त्यसैले भक्तहरुले सत्यवती तालनजिकै पुगेर चिच्याएर चाहेको वर माग्ने गरिन्छ । यसरी मागेको वर बज्यैले पूरा गरिदिने भन्दै विश्वास गरिन्छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष कात्तिके पूर्णिमामा वर माग्नेको घुइँचो लाग्छ ।

यस मन्दिरमा पूजा गर्दा तालको छेउमा बाँस, निगालो, साल आदि जातका लिङ्गो गाढेर मध्यरातमा चिच्याएर वर माग्ने र बिहान सोही लिंगो चिनेर पूजा गर्ने प्रचलन छ ।

यो मन्दिरमा भाकलअनुसार बोका, पाठी, कुखुरा, परेवालगायतको बली पनि दिने चलन रहेको छ । यो मेला पूर्णिको भोलिपल्टसम्म चल्ने गर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?