+
+
Shares

वडाध्यक्षलाई मालिस गराउने गाउँपालिका अध्यक्षको राजीनामा विवाद : किर्ते भएको आरोप

उपाध्यक्ष चौधरी भन्छिन्– उहाँले भनेर मात्रै हुन्छ र ?

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते २१:३३
गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी र उपाध्यक्ष कल्पना चौधरी ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीले आफूले कुनै पनि निकायमा राजीनामा नदिएको दाबी गरेका छन्।
  • चौधरीले राजीनामाको हल्ला कीर्ते र जालसाजीपूर्ण राजनीतिक षड्यन्त्र भएको उल्लेख गर्दै न्यायिक निकायमा कानुनी उपचारका लागि जाने जानकारी दिएका छन्।
  • गाउँपालिका उपाध्यक्ष कल्पना चौधरीले अध्यक्षले गाउँपालिकाको बैठकमा नै राजीनामा दिएको दाबी गरेकी छन्।

१९ जनकपुरधाम, काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरीको राजीनामाबारे विवाद सुरु भएको छ । गाउँपालिका उपाध्यक्ष कल्पना चौधरीले आफूले अध्यक्ष चौधरीको राजीनामा बुझिसकेको दाबी गरेकी छिन् । तर, अध्यक्ष चौधरी भने उक्त राजीनामापत्र किर्ते भएकाे जिकिर गर्छन् ।

उपाध्यक्ष चौधरीले किर्ते, जालसाजीपूर्ण र राजनीतिक षड्यन्त्र गरेर आफूविरुद्ध राजीनामाको हल्ला फैलाएको दाबी अध्यक्ष चौधरीले गरेका छन् । तर गाउँपालिका उपाध्यक्ष चौधरी भन्छिन्, ‘उहाँले राजीनामा दिएको छैन भनेर हुन्छ। उहाँले राजीनामा दिनु भएको हो ।’

गाउँपालिका अध्यक्ष चौधरीले वडाध्यक्षबाट खुट्टा मालिस गराएको भिडियो सार्वजनिक भएको थियो । त्यसपछि उनी विवादमा तानिएका थिए । उपाध्यक्षको कार्यकक्षमा रहेको सोफामा सुतेर वडाध्यक्षबाट खुट्टामा मालिस गराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौधरी विवादमा तानिएका थिए ।

आफूले कुनै राजीनामा पत्र समेत पेस नगरेको अध्यक्ष चौधरी बताउँछन् । उनले दाबी गरे, ‘यदि मैले स्वेच्छाले राजीनामा दिएको भए, त्यस अवधिमा पटक–पटक कार्यपालिका बैठक कसरी आह्वान भयो ? विभिन्न कागजी कारोबारमा मेरो सहभागिता किन रह्यो ? अनि मेरो सनाखत बिना कसरी राजीनामा स्वीकृत भयो ?’

उनले यसबारे जवाफ दिनका लागि पनि आग्रह गरेका छन् । विपक्षी दलहरूले राजनीतिक निष्ठा र संस्कारबाट विचलित हुँदै आफ्नो विरुद्ध षड्यन्त्र र जालसाजीको बाटो अपनाएको उनले आरोप लगाए ।

गाउँपालिका अध्यक्षको राजीनामा र निर्वाचन आयोगलाई गराइएको जानकारी:

गाउँपालिका अध्यक्ष चौधरीले जारी गरेको विज्ञप्ति :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?