News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालले श्रीलंकालाई ३-१ को सेटमा हराउँदै काभा यू-१९ महिला भलिबल च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ।
- नेपालले दुई खेलबाट ४ अंक जोडेको छ भने कीर्गिस्तान ५ अंकसहित शीर्ष स्थानमा छ।
- नेपालले लिग चरणको तेस्रो खेलमा बिहीबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ।
१९ कात्तिक, काठमाडौं । श्रीलंकाको कोलोम्बोमा भइरहेको काभा यू-१९ महिला भलिबल च्याम्पियनसिपमा नेपालले पहिलो जित हात पारेको छ ।
बुधबार कोलोम्बोस्थित सुगाथादासु इन्डोर कम्प्लेक्समा भएको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३-१ को सेटमा हरायो ।
नेपालले श्रीलंकालाई २५-१८, २६-२४,१९-२५, २५-२० ले पराजित गरेको हो ।
पहिलो खेलमा नेपाल कीर्गिस्तानसँग प्रतिस्पर्धात्मक खेलमा ३-२ को सेटमा पराजित भएको थियो ।
पहिलो जितपछि नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । लगातार दुई खेल जितेर कीर्गिस्तान ५ अंकसहित शीर्ष स्थानमा छ ।
कीर्गिस्तानले बुधबार भएको खेलमा माल्दिभ्सलाई ३-० को सेटमा पराजित गरेको थियो । कीर्गिस्तानले माल्दिभ्सलाई २५-२१, २५-९,२५-२१ ले पराजित गरेको हो ।
नेपालले लिग चरणको तेस्रो खेलमा बिहीबार माल्दिभ्ससँग खेल्नेछ ।
प्रतिक्रिया 4