+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

काठमाडौंमा कांग्रेसको नियमित महाधिवेशन पक्षधरको भेला, दुर्लभ थापाले गरे अध्यक्षता

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते १३:०५

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिन भेला आयोजना गरेको छ । भेलाको अगुवाइ सभापति शेरबहादुर देउवा र कृष्ण प्रसाद सिटौला पक्षका नेताहरुले गरेका छन् ।

काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित भेलाको अध्यक्षता भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले गरेका छन् । भेलामा कोशी प्रदेश सभापति उद्धव थापा, कोशी प्रदेशका महामन्त्री भेपेन्द्र राई, मुगु सभापति ऐन बहादुर शाही, ओखलढुंगा सभापति तेजेन्द्र खनाल, म्याग्दी सभापति खम बहादुर खर्बुजा, अछाम सभापति पुष्प बहादुर शाह लगायत सहभागी छन् ।

संस्थापन इतर पक्षले विशेष महाधिवेशनको माग गरिरहेका बेला संस्थापन पक्षले नियमित महाधिवेशनका लागि दबाब दिँदै आएको छ । यही बहसका कारण कांग्रेसको केन्द्रीय समिति बैठकले अनिर्णित हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?