+
+
Shares

गोलभेँडाको भाउ बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते ११:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी बजारमा भारतीय ठूलो गोलभेडाको मूल्य प्रतिकिलो १० रुपैयाँले बढेर ८५ रुपैयाँ पुगेको छ।
  • लोकल गोलभेडाको मूल्य प्रतिकिलो २५ रुपैयाँले बढेर ५५ रुपैयाँ कायम भएको छ।
  • टनेलको सानो गोलभेडा आज प्रतिकिलो ९० रुपैयाँमा किनबेच भइरहेको छ।

२० कात्तिक, काठमाडौं । कालीमाटी बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार गोलभेँडाको मूल्य बढेको देखाएको हो ।

कालीमाटी बजारमा आज भारतीय ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो थोकमा औसत १० रुपैयाँ बढेको छ । बुधबार प्रतिकिलो ७५ रुपैयाँमा किनबेच भएको भारतीय ठूलो गोलभेँडा आज ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै लोकल गोलभेँडाको  प्रतिकिलो २५ रुपैयाँले बढेको छ । बुधबार ३० रुपैयाँमा किनबेच भएको लोकल गोलभेँडाको मूल्य आज प्रतिकिलो ५५ रुपैयाँ कायम छ ।

टनेलको सानो गोलभेँडा भने आज किलोको ९० रुपैयाँमा किनबेच भइरहेको छ । एकसाताअघि भने गोलभेँडा प्रतिकिलो ५२ देखि ७० रुपैयाँसम्म किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?