News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल प्रिमियर लिग टिम विराटनगर किङ्सले आफ्नो नयाँ अफिसियल एन्थम भिडियो सार्वजनिक गरेको छ।
- गीतले टिमको गौरव, साहस र बिराटनगर शहरप्रतिको सम्बन्धलाई उजागर गरेको छ।
- एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म हुँदैछ।
२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टिम विराटनगर किङ्स ले आफ्नो नयाँ अफिसियल एन्थम भिडियो सार्वजनिक गरेको छ। गीतले टिमको गौरव, साहस र बिराटनगर शहरप्रतिको सम्बन्धलाई उजागर गरेको छ।
‘धरातलमा उभिएको, एकतामा बाँधिएको र भरोसाले भरिपूर्ण’ भनिएको यो गीतले बिराटनगरको भावना र पहिचान झल्काउने बताइएको छ। भिडियोमा साना बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मका समर्थकहरू उत्साहपूर्वक टिमलाई समर्थन गरिरहेका दृश्य देख्न सकिन्छ।
गीतको हुक लाइन ‘लगा लगा लगा’ क्रिकेटमा प्रयोग हुने “शट लगा” भन्ने शब्दबाट प्रेरित भएको र यसले खेलाडीलाई अगाडि बढ्ने र हिम्मत गर्ने सन्देश दिने उल्लेख छ। त्यस्तै ‘लेट्स गो किंग्स’ र ‘आयो पूर्वेली राजा’ भन्ने वाक्यांशहरूले पूर्वको गर्व र आत्मविश्वासलाई प्रतिबिम्बित गर्छ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ सम्म हुँदैछ ।
प्रतिक्रिया 4