News Summary
Generated by OK AI. Editorially reviewed.- अभियन्ता खगेन्द्र सुनारको सभापतित्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगेको छ।
- निर्वाचन आयोगले दल दर्ताको लागि केन्द्रीय समितिको प्रमाणित विवरण, निर्णयहरू, समर्थकहरूको विवरण लगायत कागजात आवश्यक पर्ने जनाएको छ।
- निर्वाचन आयोगले कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने र अहिले सनाखत प्रक्रिया चलिरहेको बताएको छ।
२० कात्तिक, काठमाडौं । अभियन्ता खगेन्द्र सुनारले दल दर्ताको निवेदन दिएका छन् । उनको सभापतित्वमा दल दर्ताको निवेदन निर्वाचन आयोगमा पुगेको छ ।
सुनारको नेतृत्वमा हाम्रो पार्टी नेपाल नामक दल दर्ताको निवेदन आयोग पुगेको हो । यो पार्टीले चुनाव चिह्न गोलो घेराभित्र राम्रो जनाउने लाइक चिह्न प्रस्ताव गरेको छ ।
आयोगले दल दर्ताको निवेदन अध्ययनको क्रममा रहेको जनाएको छ ।
दल दर्ताका लागि केन्द्रीय समितिको प्रमाणित विवरण, निर्णयहरू, प्रमाणित प्रतिवद्धतापत्र सहितको कागजात, समर्थकहरूको विवरण, विधान, दलको नियमावली र घोषणापत्र लगायतका कागजात आवश्यक पर्छ ।
पाँच सय जनाको नागरिकताको प्रमाणपत्रसहित दल खोल्न सहमति जनाएको स्वघोषणा सहितको प्रतिवद्धता आवश्यक पर्छ । ति पाँच सय व्यक्ति कुन जिल्लाका हुन खुलाइएको हुन्छ । त्यसअनुसार निर्वाचन आयोगका सम्बन्धित जिल्ला कार्यालय पुगेर दल खोल्न समर्थन गर्ने व्यक्तिहरूले सनाखत गर्नुपर्छ ।
आयोगका अनुसार यसरी प्रत्येक जिल्लाबाट सनाखत भएपछि त्यसको आधारमा सम्बन्धित दल दर्ताको प्रक्रिया अगाडि बढ्छ र अन्य कागजात पुगेको खण्डमा दल दर्ता हुन्छ ।
आयोगका अनुसार यही कात्तिक ३० गतेभित्र दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने छ ।
अहिले सनाखतको प्रक्रिया चलिरहेको सुनारको पार्टी दर्तामा काम गरिरहेका रामबहादुर मिजारले अनलाइनखबरलाई जानकारी दिए ।

प्रतिक्रिया 4