+
+
Shares

केन्द्रीय कार्यकारिणी समितिलाई दियो जसपाले एकताबारे निर्णय लिने अधिकार

मंसिर ७ गतेको डेडलाइन

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २० गते २१:२७

२० कात्तिक, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले विभिन्न राजनीतिक दलहरूसँगको एकताका विषयमा निर्णय लिने अधिकार कार्यकारिणी समितिलाई दिएको छ ।

हिजो र आज काठमाडौंमा भएको केन्द्रीय समिति बैठकले विभिन्न दलहरूबाट आएका प्रस्तावबारे छलफल गरेर आवश्यक निर्णय लिने जिम्मा केन्द्रीय कार्यकारिणी समितिलाई दिइएको उपमहासचिव प्रदीप यादवले जानकारी दिए ।

‘हाम्रो पार्टीको नीति, सिद्धान्त र विचार मिल्ने जोकोहीसँग पनि एकता, मोर्चाबोन्दी वा चुनावी गठबन्धन गर्नेबारे छलफल गर्नका लागि कार्यकारिणी समितिलाई जिम्मा दिने निर्णय भएको छ,’ उपमहासचिव यादवले भने ।

उनका अनुसार, यसका लागि मंसिर ७ गतेको डेडलाइन तोकिएको छ । ‘मंसिर ७ गतेभित्रै यसबारे निर्णय लिनेगरी डेडलाइन पनि तोकिएको छ,’ उनले भने ।

उनका अनुसार, हिजोमात्रै पुनर्गठन भएको नेपाली कम्युनिस्ट पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतबाट सहकार्यका लागि प्रस्ताव आएका छन् । तर, केन्द्रीय समिति बैठकले भने कुनै पनि निर्णय लिएको छैन ।

बैठकले पार्टी अध्यक्ष अशोक राईले प्रस्ताव गरेको राजनीतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष राईले पार्टीले आफ्नो विचारको रक्षा गर्दै विचार मिल्ने राजनीतिक दल वा समूहहरूसँग आवश्यकता अनुसार एकता, मोर्चाबन्दी वा चुनावी गठबन्धनमा जान सकिने बताए ।

त्यस्तै बैठकमा पार्टीका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठ तथा महासविच मोहम्मद इश्तियाक राईले विशेष सम्बोधन गरेका थिए ।

बैठकले सरकारलाई निर्वाचनको वातावरण बनाउन शान्ति सुव्यवस्थाको प्रत्याभूति गर्न राजनीतिक दलहरुसँग समन्वय गर्नुपर्ने, भ्रष्टाचार काण्डहरूको छानबिन गर्न सम्बन्धित निकायहरूलाई निर्देशित गर्नुपर्ने, संघीय लोकतान्त्रिक गणतन्त्र, पहिचान र समावेशिताविरुद्धका षड्यन्त्रहरू चिर्न वैचारिक एवम् राजनीतिक गतिविधिहरु गर्ने, मुद्दा मिल्ने दलहरूसँग राजनीतिक सहकार्य वा मोर्चाबन्दीका लागि संवाद अघि बढाउने लगायतका नीति तथा कार्यक्रमहरू पारित गरेको छ ।

त्यसैगरी पार्टीले आन्तरिक कोष व्यवस्थापनका लागि आर्थिक विनियम पारित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?