+
+
Shares

निफ्राको नाफा ४० प्रतिशत घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते ८:०४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक खुद नाफा ४० प्रतिशत घटेर २० करोड ८५ लाख रुपैयाँ पुगेको छ।
  • खुद ब्याज आम्दानीमा ३३.७ प्रतिशतको गिरावट आएपछि नाफामा असर परेको छ र यो ५६ करोड २६ लाखबाट ३७ करोड ३० लाख रुपैयाँमा झरेको छ।
  • बैंकको निष्क्रिय कर्जा शून्यमै झरेको छ र वार्षिक प्रतिसेयर आम्दानी ६.५० रुपैयाँबाट ३.८६ प्रतिशतमा घटेको छ।

२१ कात्तिक, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को नाफा ४० प्रतिशत घटेको छ ।

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २० करोड ८५ लाख रुपैयाँ छ । गत वर्षको यसै अवधिमा खुद नाफा ३५ करोड ९ लाख रुपैयाँ थियो ।

खुद ब्याज आम्दानीमा ३३.७ प्रतिशतको गिरावट देखिएसँगै नाफामा असर देखिएको छ । खुद ब्याज आम्दानी पहिले ५६ करोड २६ लाख रुपैयाँ रहेकोमा अहिले ३७ करोड ३० लाख रुपैयाँमा झरेको छ । बैंकको निष्क्रिय कर्जा शून्यमै झरेको छ । पहिले यस्तो कर्जा ०.०७ प्रतिशत थियो ।

पूर्वाधार क्षेत्रमा ऋण लगानी गर्दै आएको निफ्राको वार्षिक प्रतिसेयर आम्दानी ३.८६ प्रतिशत छ । नाफा घट्दा प्रतिसेयर आम्दानीमा असर परेको छ ।

पहिले प्रतिसेयर आम्दानी ६.५० रुपैयाँ थियो । प्रतिसेयर नेटवर्थ ११०.९७ रुपैयाँ रहेको छ । कम्पनीको वितरणयोग्य नाफा १७ करोड ५४ लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?