+
+
Shares

जिम्मेवार र दिगो पर्यटनमा नेपालको प्रतिबद्धता

नेपालको पर्वतीय तथा ग्रामीण पर्यटनमा सामुदायिक सहभागिता, वातावरणीय उत्तरदायित्व र आर्थिक समावेशिता मार्फत दिगो पर्यटन अभ्यास कसरी अघि बढाइरहेको छ भन्ने विषयमा पनि सीईओ जोशीले जानकारी गराए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २१ गते १३:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले डब्लूटीएम २०२५ मा जिम्मेवार र दिगो पर्यटन विकासमा नेपालको प्रतिबद्धता व्यक्त गरे।
  • जोशीले नेपालमा पर्वतीय तथा ग्रामीण पर्यटनमा सामुदायिक सहभागिता, वातावरणीय उत्तरदायित्व र आर्थिक समावेशितामा आधारित दिगो पर्यटन अभ्यासको जानकारी दिए।
  • पर्यटन क्षेत्रमा सर्कुलर अर्थतन्त्रको अवधारणा अनुसार स्रोतहरूको पुन: प्रयोग, फोहोर न्यूनीकरण र स्थानीय सहभागिता सुनिश्चित गर्न नेपाल प्रतिबद्ध रहेको जोशीले बताए।

२१ कात्तिक, काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले जिम्मेवार र दिगो पर्यटन विकासका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् ।

बेलायतको एक्सल लन्डनमा भएको ‘वर्ल्ड टुरिज्म मार्केट’ (डब्लूटीएम) २०२५ का क्रममा ‘सस्टेनेबल सिफ्ट : ट्रान्सफर्मिङ टुरिज्म थ्रु अ सर्कुलर इकोनोमी’  शीर्षकमा भएको छलफलमा सीईओ जोशीले नेपालले गरेका प्रयासबारे उल्लेख गर्दै जिम्मेवार र दिगो पर्यटनप्रतिको नेपालको प्रतिबद्धता व्यक्त गरे ।

नेपालको पर्वतीय तथा ग्रामीण पर्यटनमा सामुदायिक सहभागिता, वातावरणीय उत्तरदायित्व र आर्थिक समावेशिता मार्फत दिगो पर्यटन अभ्यास कसरी अघि बढाइरहेको छ भन्ने विषयमा पनि सीईओ जोशीले जानकारी गराए ।

‘नेपालले अब सतही हरित पहलभन्दा अघि बढ्दै प्रणालीगत परिवर्तनतर्फ ध्यान केन्द्रित गरेको छ जहाँ वातावरणय संरक्षण, स्थानीय सशक्तीकरण र व्यावसायिक दीगोपनबीच सन्तुलन कायम गर्न आवश्यक छ,’ जोशीले भने, ‘यस प्रयासका लागि नेपाल प्रतिबद्ध छ ।’

पर्यटन क्षेत्र कसरी सर्कुलर अर्थतन्त्रको अवधारणा अँगाल्दै स्रोतहरूको पुन: प्रयोग, फोहोर न्यूनीकरण, न्यून कार्बन यातायात प्रवर्द्धन र स्थानीय समुदायको समान सहभागिता सुनिश्चित गर्न सक्छ भन्ने विषयमा छलफल केन्द्रित थियो ।

ट्रोभ टुरिज्म डेभलपमेन्टले सञ्चालन गरेको छलफलमा विभिन्न देशका पर्यटन विशेषज्ञ सहभागी थिए । छलफलले विश्वभरिका नवीन अभ्यास र तीव्र रूपमा विकास हुँदै गरेका बजारले भोग्नुपरेका चुनौती उजागर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?