News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले पद वा म्याद लम्ब्याउने निहुँ खोजिए विशेष महाधिवेशन हुने बताएका छन्।
- आचार्यले विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका प्रतिनिधिहरूलाई हेप्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
- विशेष महाधिवेशन मंसिर भित्रै नियमित महाधिवेशन सम्पन्न गराउन उत्प्रेरित गर्ने वा केन्द्रीय कार्यसमितिले आयोजन गर्ने निर्णय गर्ने बताए।
२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले वर्तमान समितिको अवधि बढाउन खोजिए विशेष महाधिवेशन हुने बताएका छन् ।
केन्द्रीय समितिको जारी बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य आचार्यले पद वा म्याद लम्ब्याउने निहुँ वा बाटो मात्र खोजियो भने देशभरीका महाधिवेशन प्रतिनिधिहरू उपस्थितिमा यथाशीघ्र ‘विशेष महाधिवेशन’ हुने बताएका छन् ।
विशेष महाधिवेशनका लागि विशेष हस्ताक्षर गरेका प्रतिनिधिहरूलाई हेप्ने प्रवृत्ति देखिएको भन्दै आचार्यले असन्तुष्टि व्यक्त गरे ।
‘यो हस्ताक्षर मात्र होइन, विशेष हस्ताक्षर हो । किनकी यसको सामान्य होइन, विशेष महत्त्व छ । पार्टी जीवनमा विशेष निर्णय लिने विशेष महाधिवेशनका लागि यसले विनम्र आह्वान गर्दछ । जुन हस्ताक्षरले नेपाली कांग्रेसलाई फेरी अर्को सुन्दर इतिहास रच्ने कर्मका लागि तयार गर्छ,’ आचार्यले बैठकमा भने,‘हस्ताक्षर आफू गर्नोस्, अरूलाई यसको महत्त्व बुझाउनोस् र हस्ताक्षर गर्न उत्प्रेरित गर्नोस्, किन ?’
विशेष महाधिवेशनका लागि भएको हस्ताक्षर मंसिर भित्रै संक्षिप्त/सटिक नियमित महाधिवेशन सम्पन्न गराउन उत्प्रेरित गर्ने आचार्यले बताए । उनले थपे, ‘वा, केन्द्रीय कार्यसमिति आफैंले मंसिर भित्रै विशेष महाधिवेशनको आयोजन गर्ने निर्णय गर्दछ ।’
२०१४ सालमा विशेष महाधिवेशन भएको र त्यसबाट सभापति चुनिएका संस्थापक नेता वीपी कोइरालाको नेतृत्व पार्टी चुनावमा जाँदा दुई तिहाइ ल्याएको स्मरण गराए ।
प्रतिक्रिया 4