२१ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी छाडेका नेता किसान श्रेष्ठले तनहुँबाट बारा जिल्लामा आफ्नो मतदाता नामावली सारेका छन् ।
कलैयास्थित जिल्ला निर्वाचन कार्यालय पुगेर उनले शुक्रबार बारामा मतदाता नामावली सारेका हुन् ।
उनले आजै जीतपुरसिमरा उपमहानगरपालिका-४ मा बसाइँसराइ दर्ता समेत गराएका छन् ।
श्रेष्ठ २०७९ सालको प्रतिनिधिसभा चुनावमा नेकपा एकीकृत समाजवादी पार्टीबाट बारा क्षेत्र नम्बर ४ मा निर्वाचित भएका थिए । तर, सो निर्वाचनमा उनले आफैंलाई मत हाल्न पाएका थिएनन् । त्यो समयमा उनको मतदाता नामावली तनहुँमा थियो ।
जेनजी आन्दोलनका क्रममा श्रेष्ठको घरमा आगजनी समेत भएको थियो । आगजनी भएको घरलाई मर्मतसम्मार गरेर अहिले उनी बारा जिल्लामै बसोबास गरिरहेका छन् ।
प्रतिक्रिया 4