+
+
Shares

कैलालीमा स्थानीयले गरे पूर्वपश्चिम राजमार्ग अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते ११:४९

२३ कात्तिक, धनगढी । कैलालीको घोडाघोडी नगरपालिका-२ को साडेपानीमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

आइतबार बिहान तरकारी बोकेको लु२च २३५८ नम्बरको जिपले ठक्कर दिंदा बर्दगोरिया गाउँपालिका-६ का ५५ वर्षीय शंकर डगौराको मृत्यु र अन्य तीन जना घाइते भएको घटनाको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।

स्थानीयले दोषीलाई कारबाही र पीडितलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै बिहानैदेखि राजमार्ग अवरुद्ध गरेपछि सवारी साधन आवागमन रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले बताए ।

उनका अनुसार स्थानीयको अवरोधका कारण विभिन्न गन्तव्यका लागि छुटेका सवारीसाधन साडेपानीमा रोकिएका छन् । जिप चालकलाई भने प्रहरीले बिहानै नियन्त्रणमा लिएको थियो । जिपको ठक्करबाट घाइते भएका तीन जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । उनीहरु मध्ये एक जनाको अवस्था गम्भीर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?