+
+
Shares

‘किङ’ को बजेट ३५० करोड भारु, बन्नेछ शाहरुखको महंगो एक्सन-थ्रीलर

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १३:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बलिउड अभिनेता शाहरुख खानको फिल्म 'किङ' को बजेट लगभग ३५० करोड भारु पुगेको छ।
  • सिद्धार्थ आनन्दले फिल्मलाई विश्वव्यापी स्तरमा लैजान ३५० करोडको नयाँ बजेट तयार पारेका छन्।
  • फिल्ममा ६ एक्सन दृश्य छन् र २०२६ मा रिलिज हुने तालिका छ।

मुम्बई । बलिउड अभिनेता शाहरुख खानको आगामी फिल्म ‘किङ’ को बजेट दिन प्रतिदिन वृद्धि हुँदै गैरहेको छ । बलिउड हंगामाका अनुसार सिद्धार्थ आनन्दद्वारा निर्देशित यो एक्सन-थ्रीलरलाई अहिलेसम्मकै ठूलो बलिउड एक्सन प्रोजेक्ट बताइएको छ ।

स्रोतका अनुसार फिल्मको बजेट लगभग ३५० करोड भारु पुगेको छ, जसमा शाहरुख र टोलीले प्रचारमा गरेको खर्च र अन्य खर्च समावेश गरिएको छैन ।

स्रोतका अनुसार यो फिल्मलाई सुरुमा सुजय घोषले निर्देशन गरेको र शाहरुखलाई विस्तारित भूमिकामा प्रस्तुत गर्ने मध्यम स्तरको एक्सन थ्रिलरको रूपमा ल्याउने योजना गरिएको थियो ।

बजेट सुरुमा १५० करोड भारु तोकिएको थियो । तर, छलफल अगाडि बढ्दै जाँदा सिद्धार्थ आनन्दले कलाकारमा शाहरुखसँग काम गर्दै फिल्मलाई अझ ठूलो स्तरमा लैजाने निर्णय गरे ।

स्रोतले भन्यो, “सिद्धार्थ आनन्दले शाहरुखलाई यो फिल्म विश्वव्यापी स्तरमा कसरी बनाउन सकिन्छ भनेर बताए । शाहरुखले उनको दृष्टिकोणमा विश्वास गरेपछि काम गर्न स्वतन्त्रता दिए । त्यसपछि सिद्धार्थले ३५० करोड भारुको नयाँ बजेट तयार पारे ।’

फिल्ममा ६ शानदार एक्सन दृश्य छन्, जसमध्ये तीनवटा वास्तविक स्थानमा छायांकन गरिएका छन्, जबकि बाँकी तीनवटा सेटमा छायांकन गरिनेछ ।

भनिन्छ कि शाहरुखको ‘एन्ट्री दृश्य’ फिल्मको सबैभन्दा महँगो र भव्य दृश्य हुनेछ, जुन एक प्रमुख आकर्षण मानिएको छ । सिद्धार्थ आनन्दद्वारा निर्देशित र गौरी खान र ममता आनन्दद्वारा निर्मित ‘किङ’ २०२६ मा रिलिज हुने तालिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?