+
+
Shares

तिते करेला र लौकाको भाउ बढ्यो

आज आइतबार कालीमाटी बजारमा तिते करेलाको भाउ प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १३:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय बजारमा तिते करेलाको भाउ प्रतिकिलो थोकमा १५ रुपैयाँले बढेर १ सय २० रुपैयाँ पुगेको छ।
  • लौकाको भाउ पनि प्रतिकिलो थोकमा २५ रुपैयाँले बढेर ८० रुपैयाँ कायम भएको छ।
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शनिबार र आइतबारको मूल्य वृद्धि देखाएको छ।

२३ कात्तिक, काठमाडौं । स्थानीय बजारमा तिते करेला र लौकाको भाउ बढेको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार यी दुई तरकारीको भाउ बढेको देखाएको हो ।

आज आइतबार कालीमाटी बजारमा तिते करेलाको भाउ प्रतिकिलो थोकमा औसत १५ रुपैयाँ बढेको छ । हिजो शनिबार किलोको थोकमा १ सय ५ रुपैयाँमा किनबेच भएको थियो ।

आज तिते करेलाको भाउ प्रतिकिलो थोकमा १ सय २० रुपैयाँ कायम छ ।

यस्तै आज लौकाको भाउ पनि थोकमा किलोको औसत २५ रुपैयाँ बढेको तथ्यांकले देखाउँछ । आज लौका प्रतिकिलो थोकमा ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

हिजो शनिबार भने लौका प्रतिकिलो थोकमा ५५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?