+
+
Shares

चन्द्रागिरि केबुलकार तथा रिसोर्ट पुनः सञ्चालन

२४ भदौको जेनजी आन्दोलन क्रममा भएको तोडफोडका कारण केबुलकार बटम स्टेसनमा पूर्णरूपमा क्षति पुगेपछि चन्द्रागिरि केबुलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १४:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चन्द्रागिरि केबुलकार तथा रिसोर्ट २२ कात्तिकदेखि पुनः सञ्चालनमा आएको छ।
  • केबुलकार सेवा २४ भदौको जेनजी आन्दोलनमा भएको तोडफोडपछि ६० दिनदेखि बन्द थियो।
  • चन्द्रागिरि हिल्सले अस्ट्रियाली कम्पनीका प्राविधिकको सहयोगमा मर्मत गरी सेवा पुनः सुरु गरेको छ।

२३ कात्तिक, काठमाडौं । चन्द्रागिरि केबुलकार तथा रिसोर्ट २२ कात्तिक बिहानदेखि पुनः सञ्चालनमा आएको छ । चन्द्रागिरि हिल्सको सेवा ६० दिनअघि अस्थायी रूपमा बन्द भएको थियो ।

केबुलकार सेवा पुनः सुचारु भएपछि नेपालकै उत्कृष्ट पर्यटकीय तथा धार्मिक गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनलाई सहज हुनेछ भने पर्यटकले रिसोर्टको आतिथ्य तथा अन्य सेवा प्राप्त गर्न सक्ने छन् ।

२४ भदौको जेनजी आन्दोलन क्रममा भएको तोडफोडका कारण केबुलकार बटम स्टेसनमा पूर्णरूपमा क्षति पुगेपछि चन्द्रागिरि केबुलकार तथा रिसोर्टको सेवा अवरुद्ध भएको थियो ।

त्यसयता चन्द्रागिरि हिल्सले केबुलकार निर्माता कम्पनी अस्ट्रियाको डोपलमायरका प्राविधिक बोलाइ आवश्यक मर्मत, सुरक्षा परीक्षण तथा थप निरीक्षणका कार्य पूरा गरी यात्रुका लागि सुरक्षित र सहज सेवा सुनिश्चित गर्दै पुनः सञ्चालनमा ल्याएको हो ।

चन्द्रागिरि हिल्सका अध्यक्ष हेमराज ढकालले सेवा पुनः सुचारु हुने अवस्थामा ल्याउन खटिएको प्राविधिक टिमलाई निरन्तर कडा मिहिनेत तथा उत्कृष्ट कार्यका लागि धन्यवाद दिँदै भक्तजन र पर्यटकको धैर्यताप्रति आभार व्यक्त गरे ।

अध्यक्ष ढकालले सेवा पुनः सुरु भएपछि काठमाडौं उपत्यकाको मनोरम दृश्य र शान्त वातावरणको आनन्द लिन आउने पर्यटक तथा भालेश्वर महादेवका श्रद्धालुहरू सबैलाई पुनः स्वागत गरेका थिए ।

सेवा बन्द हुनुअघि चन्द्रागिरि केबुलकार मार्फत दैनिक करिब २ हजार भक्तजन तथा पर्यटकले सेवा प्राप्त गर्दै आएका थिए । चन्द्रागिरि हिल्स व्यवस्थापनले सेवा सञ्चालन तथा सुचारु बनाउन स्थानीय समुदायले देखाएको निरन्तर सहयोगप्रति धन्यवाद व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?