+
+
Shares

सामसङको प्रिमियम ट्याबलेट ‘ग्यालेक्सी ट्याब एस११’ नेपालमा सार्वजनिक

ग्यालेक्सी ट्याब एस११ हाल नेपालभरिका सामसङ स्टोरमा १ लाख २९ हजार ९ सय ९९ रुपैयाँ (१२ जीबी : २५६ जीबी)  मा उपलब्ध छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २३ गते १४:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सामसङ नेपालले नयाँ प्रिमियम ट्याबलेट 'ग्यालेक्सी ट्याब एस११' नेपाली बजारमा १ लाख २९ हजार ९ सय ९९ रुपैयाँमा सार्वजनिक गरेको छ।
  • ग्यालेक्सी ट्याब एस११ मा ग्यालेक्सी एआई, वन यूआई ८, ११ इन्चको एचडी डिस्प्ले र ३ एनएम प्रोसेसर समावेश गरिएको छ।
  • यो ट्याबलेटले ड्रइङ एसिस्ट, राइटिङ एसिस्ट, सर्कल टु सर्च लगायत फिचरहरू प्रदान गरी प्रयोगकर्ताको सिर्जनशीलता र दक्षता बढाउने कम्पनीले बताएको छ।

२३ कात्तिक, काठमाडौं । सामसङ नेपालले आफ्नो नयाँ प्रिमियम ट्याबलेट ‘ग्यालेक्सी ट्याब एस११’ नेपाली बजारमा सार्वजनिक गरेको छ ।

ग्यालेक्सी एआई र वन यूआई ८ ले सञ्चालन गरेको यो ट्याबलेटले शक्तिशाली प्रदर्शन, आकर्षक डिजाइन र उच्च प्रविधि संयोजन सहित सहज क्रिएटिभिटी र प्रडक्टिभिटी अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी ट्याब एस११ हाल नेपालभरिका सामसङ स्टोरमा १ लाख २९ हजार ९ सय ९९ रुपैयाँ (१२ जीबी : २५६ जीबी)  मा उपलब्ध छ ।

सामसङका अनुसार ट्याब एस११ लाई प्रयोगकर्ताको सिर्जनशीलता र दक्षता दुवै बढाउने गरी तयार गरिएको छ । वन यूआई ८ मा निर्मित ग्यालेक्सी एआई क्षमताले लेख्ने, कोर्ने, अध्ययन गर्ने वा विचार आदान–प्रदान गर्ने कार्यलाई अझ सहज र प्राकृतिक बनाउने छ ।

यसमा जेमिनाई लाइभ (रियल टाइम स्क्रिन सेयरिङ), ड्रइङ एसिस्ट, राइटिङ एसिस्ट, सर्कल टु सर्चजस्ता फिचर समावेश छन् । जसले प्रयोगकर्तालाई विनासम्झौता काम र अध्ययनमा सशक्त बनाउने कम्पनीको विश्वास छ ।

११ इन्चको एचडी डाइनामिक डिस्प्ले र अत्याधुनिक ३ एनएम प्रोसेसरले ट्याब एस११ लाई उच्च प्रदर्शन र ऊर्जा दक्ष बनाएको कम्पनीको दाबी छ । यसको अल्ट्रा–स्लिम डिजाइन, हल्का तौल र सुधारिएको एस पेनमा थपिएको एर्गोनोमिक टिल्ट सेन्सिङ र नियन्त्रण क्षमताले यात्रामा पनि सहज मल्टिटास्किङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

प्रडक्टिभिटीका लागि ट्याब एस११ मा नयाँ ‘सामसङ डेक्स एक्स्टेन्डेड मोड’ पनि समावेश गरिएको छ, जसले ट्याब र वाह्य मनिटरलाई डुअल–स्क्रिन कार्यक्षेत्रमा रूपान्तरण गर्ने छ ।

त्यस्तै गुडनोट्स, क्लिप स्टुडियो पेन्ट, लुमाफ्युजन, नोसनजस्ता लोकप्रिय क्रिएटिभ र प्रडक्टिभ एपहरूसँगको अनुकूलताले यसलाई कन्टेन्ट क्रिएटर, पेसेवर र विद्यार्थीका लागि बहुउपयोगी डिभाइस बनाएको छ ।

यो डिभाइस हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकले शून्य प्रतिशत ब्याजदरमा सजिलो ईएमआई विकल्प सहित नयाँ ट्याब खरिद गर्न सक्नेछन् ।

सामसङ नेपालका एमएक्स डिभिजजनका डाइरेक्टर प्रणयरत्न स्थापित भन्छन्, ‘ग्यालेक्सी ट्याब एस११ मार्फत हामी नेपालका युवा पेसेवर र सिर्जनाकर्मीहरूलाई प्रिमियम उत्पादकता र आधुनिक सिर्जनशीलताको पुल बन्ने उपकरण प्रदान गर्दैछौं, यो तपाईंलाई जहाँ भए पनि ठूला सोच, स्मार्ट काम र अझ बढी अभिव्यक्त गर्न सक्षम बनाउने गरी डिजाइन गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?